काठमाडौँ, मंसिर ४
नेपाली चलचित्र ‘सुश्री सम्पत्ति’ को पोस्टर सार्वजनिक गरिएको छ । मङ्सिर २८ मा रिलिज हुने सो चलचित्रको सार्वजनिक पोस्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत , सारा सिर्पाली र बिनोन्यौपाने फिचर्ड छन् ।
चलचित्रको कथा यी तीन जनामा केन्द्रित भएकोले पोस्टर पनि फोकस गरिएको जनाईएको छ ।चलचित्रको ट्रेलर साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएका छन् । पोष्ट प्रोडक्सनमा रहेको चलचित्रको रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशन गरेका छन् ।
चलचित्रमा सलोन , सारा र विनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ भने प्रियङ्का कार्की विशेष भूमिकामा छिन् ।
चलचित्रको कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् जसमा निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको चलचित्रको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ ।
भरत रेग्मीले सम्पादन गरेको चलचित्रलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।









