सिंगल प्रिमियमका ठूला बीमा पोलिसीमा सम्पति सुद्धिकरणको आँखा, तोकिए छानविन गर्ने अधिकारी

४ मंसिर ७५, बुधबार

काठमाडौं,मंसिर ३

Advertisement

सम्पति सुद्धिकरण विभागले सिंगल प्रिमियमका ठूला बीमा पोलिसीहरुको अनुसन्धान गर्ने भएको छ । बीमामा हुने सम्पति सुद्धिकरणलाई रोक्न विभागले बीमा समितिसँग सम्झौता गरेको हो ।

‘बीमा क्षेत्रमा हुने सम्पति सुद्धिकरणलाई रोक्न सिंगल प्रिमियमका ठूला बीमा पोलिसीहरुको सुक्ष्म अध्ययन गर्न बीमा समितिसँग सहकार्य गरेका हौं, अब बीमामा हुन सक्ने सम्पति सुद्धिकरण रोक्न सहज हुन्छ’, सम्पति सुद्धिकरण विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले भने ।

Advertisement

उनले बीमा क्षेत्र सम्पति सुद्धिकरण हुने जोखिमयुक्त क्षेत्र भएको बताउँदै त्यसलाई रोक्न बीमा समिति मार्फत काम अघि बढाईएको पनि जानकारी दिए ।

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमामा हुन सक्ने सम्पति सुद्धिकरणलाई रोक्न एक लाख भन्दा ठूला भुक्तानी चेक मार्फत मात्रै गर्ने व्यवस्था मिलाइएको र बीमा कम्पनीहरुको स्थलगत अनुगमनमा पनि त्यसलाई महत्वका साथ हेरिएको बताए ।

Advertisement

‘बीमामा हुन सक्ने सम्पति सुद्धिकरणलाई रोक्न बिमितले एक लाख भन्दा ठूलो भुक्तानी चेक मार्फत मात्रै गर्नु पर्ने व्यवस्था कार्यान्वयन गरिसकेका छौं, अहिले स्थलगत अनुगमनमा पनि सम्पति सुद्धिकरणलाई सुक्ष्म ढंगले हेरिरहेका छौं’, अध्यक्ष चापागाइँले भने ।

अब बीमा समिति र सम्पति सुद्धिकरण विभागले सिंगल प्रिमियमका ठूला बीमा पोलिसी होल्डरहरुको सूचना एकापसमा साटासाट गर्नेछन् । समितिलाई संकास्पद लागेका त्यस्ता बीमितहरुको विवरण नेपाल राष्ट्र बैंक मार्फत विभागलाई उपलब्ध गराइनेछ ।

बीमा समितिले संस्कास्पद बीमा पोलिसी होल्डरको अनुसन्धान गर्न उप निर्देशक साम्भराज लामिछानेलाई फोकल पोइन्ट तोकेको छ । विभागले पनि निर्देशक बिनोद लामिछानेलाई फोकल पोइन्ट तोकेको छ ।

बीमा समितिले पनि सिंगल प्रिमियमका ठूला बीमा पोलिसीहरुको संख्या १५ प्रतिशत भन्दा कम कायम गराउन निर्देशन दिईसकेको अध्यक्ष चापागाईँले जानकारी दिए ।

जीवन बीमा कम्पनीहरुले २५ प्रतिशतसम्म प्रिमियम सिंगल प्रिमियम होल्डरहरुबाट संकलन गर्दै आएका थिए । समितिले केहि समय भित्रै सिंगल प्रिमियम होल्डरहरुको हिस्सा १० प्रतिशतमा झार्ने योजना बनाएको छ ।

घर जग्गा व्यवसायी, कर छछली, सुन तस्करी र सहकारी मार्फत बीमामा सम्पति सुद्धिकरणको प्रयास हुने गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top