हातेमालोको सरसफाई अभियान

हातेमालोको सरसफाई अभियान

विराटनगर, मंसिर ८
स्थापनाकालादेखि नै विराटनगरमा विभिन्न सरसफाई तथा जनचेतना मुलक कार्यक्रमहरु गदै आएको सामाजिक संस्था ‘परिवर्तनका लागि हातेमालो’ले ४५औ हप्तामा पनि सरसफाईलाई निरन्तरता दिएको छ ।

संस्थाले ४५ औँ हप्तामा शनिबार विराटनगरको पुष्पलाल चौकदेखि बिहिबारेहाटसम्म सडक तथा सडकका पेटीहरु सरसफाई गरेको हो ।सरसफाई कार्यक्रममा संस्थामा आबद्ध व्यक्ति तथा स्थानीयहरुको पनि उपस्थिती रहेको परिवर्तनका लागि हातेमालोका अध्यक्ष बिनोद परियारले जानकारी दिए ।

यसअघि हातेमालोले पुष्पलाल चौकमा ३८ ओटा फोहोर राख्ने डस्टविन राखेको थियो भने पुष्पलालचौक देखि पानीटंकीसम्म प्रत्येक हप्ता सरसफाई गर्ने तथा डस्टविन राख्ने घोषणा गरेको थियो । आगामी दिनमा पनि सरसफाईलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.