सयदाको नेतृत्वमा सौन्दर्यकर्मी युनियनको महानगर कमिटि

सयदाको नेतृत्वमा सौन्दर्यकर्मी युनियनको महानगर कमिटि

विराटनगर, मंसिर ८
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको विराटनगर महानगर अध्यक्षमा सयदा तवस्सुम चयन भएकी छन् । युनियनको शनिबार विराटनगरमा आयोजित प्रथम महानगर भेला तथा कमिटि गठन कार्यक्रमबाट तबस्सुमको अध्यक्षतामा १३ सदस्यिय कार्यसमिति चयन गरिएको छ ।

उपाध्यक्षमा अनिता पोखरेल सचिवमा गंगा तामाङ सह सचिवमा भली सुब्बा र कोषाध्यक्षमा गिता खड्की चयन भएकी छिन् । त्यसैगरी महानगर कमिटिका सदस्यहरुमा गिताञ्जली शर्मा,सरिता थापा,सिता चौधरी, गायत्री घिमिरे जुली प्याकुरेल,मन्दिरा भट्टराई,नितु सुवेदी र प्रिति कर्णलाई चयन गरिएको छ ।

नव गठित कार्यसमितिलाई राष्ट्रिय सौन्र्दयकर्मी युनियन केन्द्रिय शिक्षा विभाग सचिव ममता प्रधान, लगायतले कार्यकालको सफलताको शुभकामना दिएका थिए । सौन्दर्यकर्मीहरुले नियमनकारी निकायले प्रभावकारीरुपमा अनुगमन नियमन नगर्दा ब्यावसायिकरुपमा ब्युटिपार्लर संचालनगर्नेहरुको पेशा संकटमा परेको गुनासो गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.