लेखा समितिमा कंसाकारको बयानः वाइड बडीमा कमा र फुलस्टप पनि बिगारेका छैनौं

९ मंसिर ७५, सोमबार

काठमाडौं,मंसिर ९

नेपाल बायु सेवा निगमका प्रबन्ध निर्देशक सुगत रत्न कंसाकारले वाइड बडी जहाज खरिदमा कमा र फुलस्टप समेत नबिगारेको बयान दिएका छन् ।

प्रतिनिधी सभाको सार्वजनिक लेखा समितिमा वाइड बडी जहाज खरिद प्रक्रियाबारे उठेका प्रश्नहरुको जवाफ दिँदै कंसाकारले त्यस्तो दावी गरेका छन् । ‘हामीले वाइड बडि खरिदमा सार्वजनिक खरिद एेन र विनियमालीका प्रत्येक अक्षर र कमा मिलाएका छौं, त्यसको सबै प्रमाण हामीसँग छ’, कंसारकारले भने ।

Advertisement

उनले वाइड बडी ल्याउने प्रयास गर्दा यस अघि पनि आफुलाई जेल हाल्ने प्रयास भएको र अहिले पनि जहाज खरिद प्रक्रिया सम्पन्न गरेपछि निगमलाई डुबाउन अनेकखाले षडयन्त्र भैरहेको आरोप पनि लगाए ।

बैठकमा निगमको कार्यकारी अध्यक्ष मदन खरेलले वाइड बडिलाई संचालन गर्न नसक्दा निगमले घाटा बेहोर्नु परेको बताए । उनले वाइड बडिलाई जापानको नारिता ,ओसाका शहर तथा चीनका बिभिन्न् शहरहरुमा उडाउने तयारी भैरहेको जानकारी पनि दिए ।

Advertisement

हाल निगमसँग ५० अर्बको सम्पति र ३९ अर्ब ऋण रहेको जानकारी पनि बैठकमा गराईएको थियो । हाल निगमले साँवा र ब्याज गरि मासिक १ अर्ब १३ करोड रुपैंयाँ बुझाउने गरेको जानकारी पनि बैठकमा गराईएको थियो ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले वाइड बडी जहाज खरिद गरिएको हो वा भाडामा ल्याईएको हो ? नागरिक लागनी कोष र कर्मचारी सञ्चय कोषको ३३ अर्ब ऋण त डुब्दैन भन्ने जिज्ञासा राखेका थिए । सांसदहरुले निगम नेतृत्वको कमजोर क्षमताका कारण देशको शानका रुपमा रहेको निगम ओरालो लाग्दै गएको आरोप लगाएका थिए ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top