×

NEPAL TIMES UPDATES

Playing
World News:‘प्रोजेक्ट फ्रिडम’ साउदीले गरायो फेल,अमेरिकी प्रस्तावमा विचार गर्दै इ*रान|| Nepal Times
May 07, 2026
Playing
रामवरण,ओली, झलनाथ र सुजाताको उपचारमा राज्यले कति खर्च गर्याे ?|| Nepal Times
May 07, 2026
Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026

कुन रोगमा के खाने, के नखाने ?

९ मंसिर २०७५

काठमाडौँ, मंसिर ९

कुनैपनि रोग लागिसकेपछि वा रोग लाग्नुअघि त्यसबारे सर्तकता कसरी अपनाउने भन्ने कुरामा धेरैले यस्तै सुझाव दिन्छन् । यो खानु, त्यो नखानु । यसरी खानु, त्यसरी नखानु ।

Advertisement
Advertisement

निश्चय पनि खानपानसँग शरीरको सोझो सम्बन्ध छ । कुनैपनि रोग लाग्नु वा कुनैपनि रोगको निदान खोज्नुमा खानपानको भूमिका हुन्छ । कस्तो खाने, कसरी खाने भन्ने कुराले पनि हाम्रो स्वास्थ्यलाई राम्रो र नराम्रो गरिरहेको हुन्छ । त्यसैले यी आधारभूत कुरा जान्नैपर्छ ।

अक्सर हामी मधुमेहमा चिनी खानै हुन्न भन्छौं, उच्च रक्तचापमा नुन पूर्णत बन्द गर्नुपर्छ भन्छौं, फ्याटी लिभरमा चिल्लो पर्दाथ खानै हुन्न हुन्छौ ।

अर्कोतर्फ व्यस्त जीवनशैली तथा तनावका कारण हामी खानामा खासै ध्यान दिदैनौ । यसरी ध्यानै नदिई खानेकुराले स्वास्थ्य सम्बन्धि कुनै न कुनै समस्या अवश्य निम्त्याउँछ । त्यसकारण यो जान्न आवश्यक छ कि कुन रोगमा के खाने के नखाने ?

मधुमेह

के खाने ?

-हरियो सागसब्जी, सोया, मुंग, कालो चना, ब्राउन राइस, राजमा तथा अण्डाको सेतो भाग ।

-प्रोटिन तथा फाइबरयुक्त खानेकुरा ।

-फलफूलमा चेरी, स्ट्रबेरी, स्याउ, सुन्तला, अनार, मेवा इत्यादी । सागसब्जीमा करेला, लौका, तोरी, फर्सी, काक्रोँ ।

-दैनिक एक मुठ्ठी ड्राई फ्रुट्सको सेवन ।

-कलेरा, लौका, टमाटर, एलोभेराको जूस मधुमेहका विरामीलाई लाभदायक मानिन्छ ।

 के नखाने ?

-गुड, चिनी, मह, चकलेट, केक, पेस्ट्री लगायतका गुलियो खानेकुरा ।

-मैदा, सुजी, सेतो चामल, सेतो ब्रेड, नुडलस, पिज्जा, विस्कुट नखाने ।

-तारेको तथा भुटेको खानेकुरा, च्याख्ला, मकैको पिठो, प्याकेटका खानेकुरा ।

-आप, केरा, अंगूर, अनारसमा चिनी धेरै हुने भएकोले यस्ता फलफूल पनि खानु हुँदैन ।

-स्टार्च तथा कार्बोहाइड्रेट्सयुक्त खानेकुरा आलु, कटर, सखरखण्ड, चुकन्दर पनि खानुहुँदैन।  किनकी यस्ता ग्लूकोजको मात्रा अत्याधिक हुन्छ ।

हृदयाघात

के खाने ?

-हरियो सागसब्जी,  दाल, स्ट्रबेरी, सुन्तलfm सीताफल । यसमा क्याल्सियम, पोटासियम तथा म्याग्नेसियमको मात्रा धेरै हुन्छ ।

-सूप, सलाद, अमिलो फलफूल, सोया, आरु, कागती पानी, कालो चना ।

-ओमेगा ३ फ्याटी एसिडले भरिपूर्ण बदाम, आलसी, माछाको तेल, ओख्खर इत्यादी ।

के नखाने ?

-बटर, घ्यूमा स्याचुरेटेड फ्याटको मात्रा धेरै हुने भएकोले यस्ता खानेकुरा नखाने  ।

-नुन कम खाने । थपेर नखाने ।

-अजिनोमोटो, बेकिङ्ग पाउडर, सस, अचार, प्याकेटको खानेकुरा, बेकरी आइटम नखाने ।

आस्थमा/दम

के खाने ?

-कागती, किबी, ब्रोकाउली, टमाटर, शिमला मिर्च लगायत भिटामिन सीले भरिपूर्ण खानेकुरा ।

-चोक्करयुक्त गहुँको रोटी, दलिया, मुंगको दाल ।

-चेरी, खुरपानी, शंकरकन्द, हरियो खुर्सानी, गाँजर ।

-प्रोटिन, भिटामिन बी, तथा फाइबरयुक्त खानेकुरा । जस्तै, दाल, सोयावीन, अण्डा, हरियो सागसब्जी इत्यादी ।

-भिजाएको बदाम आस्थमाका विरामीका लागि लाभदायक हुनसक्छ ।

के नखाने ?

-तारेको तथा भुटेको खानेकुरा, जंक फुड, बासी खाना ।

-तारेको बदाम ।

डेयरी प्रोडक्ट्स तथा अमिलो र चिसो खानेकुरा ।

-केरा, पाकेको चुकन्दर,  कटर इत्यादी ।

कब्जियत

के खाने ?

-कब्जियत भएमा विना नुन तथा वटरको पपकर्न खाने । कम क्यालोरीयुक्त खानेकुरामा फाइबरको मात्राा धेरै हुने भएकोले त्यस्ता खानेकुराको सेवन गर्ने ।

-आलुबखडामा फाइबर धेरै हुने भएकोलेे कब्जियतको समस्यामा आलुबखडाको सेवन फाइदाजनक मानिन्छ ।

-सागसब्जीको तुलनामा सिमी लगायतका गेडागुडीमा फाइबरको मात्रा दुई गुणा बढी हुन्छ । यसलाई तरकारीको रुपमा भन्दा सुपको रुपमा खानु लाभदायक हुन्छ ।

-किशमिश, अंजीर, खजुरमा फाइबरको मात्रा धेरै हुन्छ । जसले कब्जियत हटाउन मद्दत गर्छ ।

-ब्रोकाउली, होल ग्रेन, अन्न, पाकेको केरामा फाइबरको मात्रा धेरै हुने भएकाले यस्ता खानेकुरा खानु लाभदायक हुन्छ ।

के नखाने ?

-पनीर, आइसक्रिम लगायतका डेयरी प्रोडक्ट्स ।

-फ्याट बढी भएको खानेकुरा  ।

-बेकरी आइटम ।

-काचो केरा, मुला, प्याज, रातो मासु, प्रोसेस्ड फुड इत्यादी ।

-कालो दाल, भन्टा , मैदा, मुसुरो, चिसो तथा बासी खानेकुरा ।

डायरिया

के खाने ?

-केरा, दही चामल, मुंगको दालको जाउलो वा सुप, लौका, रायता लगायतको हल्का खानेकुरा ।

-काक्रो, तरबुजा, खरबुजा जस्ता पानीको मात्रा उच्च हुने खानेकुरा ।

-मेवा, बेलको जुुस, गुलियो स्वाउ, अनार लगायतका फल ।

-नरिवल पानी, मोही , कागती पानी, लस्सी, उखुको रस, फलफूलको जूस ।

-दहीमा केरा मिसाएर पनि खान सकिन्छ । यसले डायरियामा आराम दिन्छ ।

के नखाने ?

-आलु , इम्ली, भण्टा, ब्रोकाउली, प्याज, गेडागुडी, बन्दा, अचार ।

-तारेको, मसलायुक्त, बासी तथा सचिलै नपच्ने खानेकुरा ।

-नढोकेको, झिंगा भन्केको खानेकुरा ।  लामो समय काटेर राखेको खानेकुरा ।

-सडक छेउ विक्रीमा राखेको खानेकुरा ।

-विवाह, भोजमा काटेर राखिएको सलाद ।

रुघाखोकी

के खाने ?

-स्याउ, मेवा, अंजीर,  अनार, किवी लगायत भिटामिन ‘सी’ युक्त खानेकुरा ।

-पालुङ्गो, चुकन्दर, ब्रोकाउली, रातो भेडे खुर्सानी, मशरुम,  शलगम , गाँजर लगायतका सागसब्जी ।

-गुड तातो हुने भएको गुडबाट बनेका खानेकुरा ।

के नखाने ?

-छिटो छिटो रुघाखोकी लाग्छ भने दही, पनीर, चीज कम खाने । यसले कफ बढाउनसक्छ । यो मौसमी भएकोले रातकोे समयमा दही नखाने ।

-तारेको खानेकुरा, मसलेदार खानेकुरा, चिसो खानेकुरा, ह्वाइट ब्रेड, पास्ता , नुडल्स  ।

कफ

के खाने ?

-तातो खानेकुरा जस्तै, सुप, चिया, दूध इत्यादी ।

-अमिलो फल, अनार, स्याउ, मौसम , हरियो पत्तेदार सागसब्जी, सोयाविन, फलफूल।

-तुलसी पत्ता,  सौफ,  मह, अदुवा

के नखाने ?

-दूध, बटर, पनीर, फ्याटयुक्र खानेकुरा, मांसहारी खानेकुरा ।

Advertisement
Advertisement

-चिसो खानेकुरा जसले कफ बढाउँछ ।(अनलाईन खबरबाट)

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top