सेयर बजार तीन वर्ष यताकै न्युन विन्दुमा, नेप्सेको आश्वासनपछि पनि सुध्रिएन बजार

१० मंसिर ७५, मंगलबार

काठमाडौं ,मंसिर १०

सोमबार नेपाल स्टक एक्स्चेन्ज परिसूचक नेप्से करिब ३ वर्ष यताकै न्यून विन्दुमा पुगेको छ । वि.सं. २०७२ साल पुस २३ गते ११६४.१४ विन्दुमा रहेको नेप्से त्यसपछिका दिनहरुमा क्रमशः बढ्दै १८८१ अंकको ऐतिहासिक रेकर्ड कायम गर्दै तल झरेको थियो ।

त्यसपछि पहिलोपटक त्योभन्दा कममा झरेको हो । साताको दोस्रो दिन आज ६.३५ अंकले घट्दा बजार परिसूचक ११६०.२८ विन्दुमा झरेको छ ।गत वर्ष चैत १२ गते नेप्से न्यूनतम ११६६.०१ विन्दुसम्म झरे पनि त्यसपछिका दिनहरुमा नेप्से फेरि उकालो लाग्दै १४३८.४९ विन्दु सम्म पुगेको थियो ।

Advertisement

बजारको यो गिरावटलाई बैंक तथा वित्तीय संस्थामा बढ्दै गएको लगानीयोग्य पुजीको अभाव, बढ्दो नगद लाभांशको प्रवृत्ति र नेपाल स्टक एक्सचेन्जको अनलाइन प्रणालीमा आएको खराबीलाई मुख्य कारणको रुपमा हेरिएको छ ।

अनलाइन प्रणालीमा लगानीकर्ताले युजरनेम र पासवर्ड नपाएको र मार्केटडेफ्थ, फ्लोरसीट जस्ता विवरणहरु सिस्टममा नदेखाएको र यसमा नेप्से तथा ब्रोकरहरुको समेत संलग्नता रहेको भन्दै लगानीकर्ताहरुले बिहान नेप्से घेराऊ गरेका थिए ।

Advertisement

उनीहरुले ग्राहकले युजरनेम र पासवर्ड कहिले पाउने मिति तय गर्नुपर्ने अडान लिएपछि नेप्से, वाइको र डाटा हव कम्पनीहरुको संयुक्त बैठक बसी लगानीकर्तालाई मंसिर २३ गतेदेखि युजरनेम र पासवर्डमार्फत् कारोबार गर्न पाउने व्यवस्था गर्ने बताएका थिए ।

नेप्सेको आश्वासनपछि लगानीकर्ताहरु बाहिरिए पनि उनीहरुले बजारप्रति भरोसा गर्न सकेनन् । फलस्वरुप बजार खुलेदेखि नै निरन्तर रुपमा घट्दै ११६० को अंकमा झरेको हो ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

ffa015e2-9865-4845-91e1-255af2ca8345

बालेन सरकारको एक्सप्रेस वेले काठमाडौँबाट २ घण्टामा पोखरा पुगिएला?

balen

संघीयताको भोट लिएर प्रदेश खारेजीमा रास्वपा ? भड्किए सीके

balen rabi sudan

इरानी खेलाडीहरु फेरि अर्को तनावमा

LGBTQ

अन्तिम ३२ को पूरा गणितःकुन टोली कोसँग भिड्दैछन् ?

FIFA-2018-World-Cup-Featured-1366x768

के ४२ बर्षको उमेरमा मेस्सीले २०३० को विश्वकप फुटबल पनि खेल्छन ?

3b9190ec-620f-4049-992f-53748d6123a7

रास्वपाको अर्थ र परराष्ट्र नीति कस्तो ?संख्या पुगेका दिन प्रदेश खारेज

730732303_4445183819104388_7343949058751405664_n

रास्वपा महाधिवेशनः प्रवासबाट मोबाइलबाट मतदान,८० इलेक्ट्रोनिक भोटिङ मेसिन तयार

727884813_1548983026629459_8284300754837046559_n

रास्वपाको बन्दसत्रमा के–के हुन्छ ?चुनाव कहिले  ?

727287654_1053636067323777_8135060616549882458_n

पार्टीभित्र तमासा नगर्न रविको चेतावनी,“गुट बनाए सिधै आउट!”

rabi lamichhane chitwan1665312674

सम्बन्धित समाचार

Scroll to Top