बैजनाथपुर रंगशालाको बिजोग : निर्माण सम्पन्न नहुँदै गौचरणमा परिणत(भिडियो रिपोर्टसहित)

विराटनगर ,मंसिर १२
मोरङको झापा बैजनाथपुरस्थित प्रस्तावित रंगशाला निर्माणको काम लथालिंग बनेको छ । प्रदेश नं. १कै अत्यधुनिक र सुविधासम्पन्न रंगशालाका रुपमा यसलाई हेरिएको थियो । राष्ट्रिय खेलकुद परिषद र खेल पदाधिकारीबीचको अन्तर कलहका कारण बजेट अभावमा रंगशाला निर्माणको काम अलपत्र परेको छ ।

रंगशालाको लागि दुई दशकअघि नै जग्गा खरिद गरिए पनि पर्याप्त बजेट र समन्वयको अभावमा निर्माणको काम रोकिएको हो । प्रस्तावित रंगशालामा संरचना निर्माणको काम अलपत्र परेपछि स्थानीयले गौचरणको रुपमा प्रयोग गर्न थालेका छन् । राष्ट्रिय खेलकुद परिषदले २०५५ सालमा ८५ लाख लागतमा १५ विगाहा १५ धुर जग्गा रंगशालाका लागि खरिद गरेको थियो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा अस्थाई संरचना बनाएर क्रिकेट, सुटिङ लगायतका केही खेलहरु सोही मैदानमा गराइयो । तर, त्यसयता यहाँ कुनै प्रतियोगिता आयोजना भएको छैन । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा भएको खर्चसमेत जोड्दा हालसम्म लगभग ७ करोड बजेट खर्च भईसकेको छ । तर स्थानियले भने खर्चको विषयमा आशंका गरेका छन् ।

विराटनगर पुष्पलालचौक निवासी सन्तोष दाहालले काम गरेजस्तो मात्र गरेको बताए । उनले सरकारद्धारा छुट्याईएको बजेट सदुपयोग नभएको बताए । उनले भने‘ संरचना हेर्दा आँखामा छारो हालेजस्तो देखिन्छ । यहाँ एउटा पोल गाडेर छोडेको छ, मैदान पनि नसम्याएको देखिन्छ ।’

पछिल्लो समय राष्ट्रिय खेलकुद परिषदले नै बैजनाथपुरको प्रस्तावित रंगशालालाई प्राथमिकतामा राख्न छाडेको छ । परिषदको उदासिनताले गर्दा नै रंगशालाको लागि आवश्यक बजेट विनियोजन हुन नसकेको कारण यसको निर्माणले पुर्णता पाउन नसकेको पुर्वाञ्चल क्षेत्रिय खेलकुद समितिका अध्यक्ष रविन नगरकोटीले बताए ।

दुई दशकको अवधिमा सो रंगशालामा क्रिकेट खेल्न जालीले घेरेर कामचलाउ मैदान बनाइएको छ । त्यसबाहेक अरु कुनै संरचना बन्न सकेका छैनन् । राष्ट्रिय खेलकुद परिषदले प्रस्तावित रंगशालालाई महत्व नदिइएको यहाँका खेलप्रेमीका भनाई छ। रंगशाला निर्माणका लागि सरकारले ५० लाख मात्रै छुट्याएको छ ।

रंगशाला निर्माणको गुरु योजना अनुसार अहिले काम गर्ने भन्दापनि मनलाग्दी रुपमा काम हुदाँ समस्या भएको खेलकुद पदाधिकार्ीहरु नै बताउछँन । पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको कार्यालयका प्रमुख टेकप्रसाद कट्टेलले जग्गा खरिद गर्दा प्रस्तावित डिजाइन नै परिवर्तन गरिएको बताए ।

उनले भने ‘जहाँ फुटबल ग्राउण्ड बनाउने भनिएको छ, त्यहाँ क्रिकेट मैदान बनेको छ । जहाँ क्रिकेट मैदान बनाउने भनिएको छ, त्यहाँ फुटबल ग्राउण्ड बनेको छ ।’

उनले गुरुयोजना एकतरिकाले बनाईएको र राजनितीक परीवर्तन हुँदै जाँदा जसलाई जे मनलाग्यो त्यही अनुसार काम गर्दै गएको बताए । तत्कालीन समयमा विराटनगरस्थित शहिद रंगशालालाई अभ्यास गर्ने मैदानका रुपमा मात्रै प्रयोग गर्ने हिसाबले बैजनाथपुरको रंगशालाको गुरु योजनाअघि बढाइएको थियो ।

गुरुयोजना अनुसार रंगशाला गर्न अरबौं बजेट चाहिने भए पनि सरकारले वाषिक केही लाखका दरले मात्रै निकासा गरिरहेको खेलकुदका पदाधिकारीको भनाइ छ । विराटनगरमा भएको सहिद रंगशाला साँघुरो भइसकेको छ । अन्य खेलकुदका संरचना पर्याप्त छैन । निर्माण गर्ने स्थानको पनि अभाव छ । त्यसर्थ खेलकसदको विकासका लागि वैजनाथपुर रंगशालालाई पूर्णता दिनुबाहेको विकल्प देखिदैन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top