सन्दीपले ईपीएलको दुई खेल मात्र खेल्ने

काठमाडौं, मंसिर १३
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंसिर २२ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) का दुई खेल मात्र खेल्ने भएका छन् ।

ईपीएलमा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्ने सन्दीपले अष्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता जनाउन ईपीएलको सुरुवाती दुई खेलमात्र खेल्ने भएका हुन् ।

सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्ध खेल्नेछन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे पुष्टि गरेका हुन् ।

यतिबेला यूएईमा जारी टी–१० लिगमा व्यस्त छन् । सन्दीप ईपीएलको दोस्रो खेल खेलेपछि बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेल्न अष्ट्रेलिया लाग्नेछन् ।

उनले त्यहाँपनि केहि खेल खेलेर बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनी बंगलादेश प्रिमियर लिगमा सिल्हेट सिक्सर्समा अनुबन्ध भएका छन् ।

Scroll to Top