सहकारीको ‘हाफ म्याराथुन’ प्रतियोगिता सम्पन्न

१५ मंसिर ७५, शनिबार
Share this
806shares

विराटनगर, मंसिर १५
‘हाफ म्याराथुन’ प्रतियोगिताको उपाधि विराटनगरस्थित मिल्स माविकी अन्जली चौधरी र गौतमबुद्ध स्कूलका सुमन कामतले जितेका छन् ।

Advertisement

विराटनगर–१३ स्थित सौगात बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आयोजना गरेको उक्त प्रतियोगिताको छात्रातर्फको द्धितीय गोदावरी स्कूलकी रिचा थापा, तृतीय सोही स्कूलकी अन्सु लामा, चौथो गौतम बुद्ध स्कूलकी रीतिका रानामग र पाँचौ मिल्स माविकी अन्सु कुमारी महतो घोषित भइन् ।

Advertisement

त्यस्तै छात्रतर्फ भएको उक्त प्रतियोगिताकोे द्धितीय राइजिङ्ग स्कूलका एम.डि अक्बर, तृतीय खुल्ला रुपमा भाग लिएका मुकेश यादव, चौथो गौतम बुद्ध स्कूलका बबिस थापा र पाँचौं स्टार स्कूलका दिपक भण्डारी भए ।

Advertisement

प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार १, द्धितीय २ हजार १, तृतीयले १ हजार १ रुपैयाँको साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विष्णु डंगोलले बताए । चौथो र पाँचौ हुने प्रतियोगिले समेत नगद पुरस्कार पाएका थिए । प्रतियोगितामा विराटनगर–१२, १३ १४,१५ र १६ नम्बर वडामा रहेको विद्यालयका पाँच दर्जन बढी विद्यार्थीहरूले भाग लिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top