विश्व एड्स दिवसका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली

विश्व एड्स दिवसका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली

विराटनगर, मंसिर १५
३० औं विश्व एड्स दिवशका अवसरमा विराटनगरमा सचेतनामूलक ¥याली निकालिएको छ । विराटनगर महानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय मोरङको आयोजनामा भएको ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

¥यालीमा सहभागीहरुले आफू बाचौं र अरुलाई पनि बचाऔं,एचआइभी संक्रमीतलाई मायाममता गरौं,हात मिलाउदा एचआइभी सर्देन,भेदभाव रहित समाज स्थापना गरौं, सिरिन्ज सेयर नगरौं लगायतका सचेतनामूलक प्लेकार्ड बोकी नगरको विभिन्न भागको परिक्रमा गरी बिप्लटमा कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले एचआइभी संक्रमितहरुको जीवनरक्षा र वृतिविकासका लागि प्रदेश सरकार योजना बनाएर अगाडि बढ्ने बताए । यस्तै महानगरपालिकाका प्रमुख भीम पराजुलीले एचआइभी संक्रमितहरुलाई सहयोग गर्न महानगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले हाल नेपालमा ३१ हजार २० जना एचआइभी संक्रमित रहेको जानकारी दिए । जसमा पुरुष १९ हजार २६, महिला १२ हजार बालबालिका, १ हजार १ सय ९२ जनामा एचआइभी रहेको जानकारी दिए ।

यस्तै मोरङ जिल्लमा १५ सय एचआइभी संक्रमित रहेको कार्यक्रममा जानकारी दिइएको थियो । अहिले पनि एचआइभी संक्रमितहरु समाजमा खुलेर आउन डराउने गरेकाले पहिचान गर्न समस्या भएको कार्यक्रममा जानकारी दिइएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.