‘हलो जोतेर हुर्केको हुँ, ममा शासकीय स्वभाव छैन, सेवक हुने हो’

८ पुस ७४, आइतबार

एमाले अध्यक्ष केपी ओलीले आफूले कुनै दम्भ लिएर काम नगर्ने बताएका छन् । सन्त नेता एवं कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मोत्सवका अवसरमा शनिबार भट्टराई आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रममा उनले चुनाव सकिएपछि राष्ट्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए ।

ओलीभन्दा अघि बोल्ने कांग्रेस नेता प्रदीप गिरीले चुनावी परिणामले ओली शासक बन्न खोजेको संकेत गरेपछि उनले त्यसको खण्डन गर्दै आफ्नो स्वभाव शासक नभएर राष्ट्रको सेवा गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।

‘खेलको मैदानमा गइसकेपछि एउटाले जित्छ, अर्काले हार्छ । यो खेलको नियम नै हो । तर जब खेल सकिन्छ त्यसपछि पनि एउटैले जितेको जित्यै गर्नुपर्छ भन्ने कुरा ठीक होइन, म गाउँमा गाई–भैंसी चराएर, घाँस काटेर, हलो जोतेर हुर्केका ठिटो हुँ,’ ओलीले भने, ‘ममा शासकीय स्वाभाव छैन । सेवक हुने हो ।

Advertisement

यसको अर्थ भ्रष्टाचारीलाई छुट दिने, बेथिति, गैरकानुनी काम गर्ने र सुशासन काम नगर्ने भन्ने होइन । यिनमा कडाइ गर्ने राज्यको धर्म नै हो । तर वैचारिक रूपमा प्रतिपक्ष, सत्तापक्षसँग शासकको दम्भ देखाउने काम मबाट हुन्नँ । म त्यस किसिमको कुलघरानमा जन्मेको मान्छे पनि होइन ।’आजको कान्तिपुरमा यो खबर छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top