नेपालतर्फको आइसीपी निमार्ण कछुवा गतिमा

नेपालतर्फको आइसीपी निमार्ण कछुवा गतिमा

विराटनगर मंसिर १७
मोरङको बुधनगरमा निर्माणाधिन एकीकृत जाँच भन्सार बिन्दु (आइसीपी)को निर्माण कार्य सुस्त देखिएको छ । नेपालतर्फ आइसीपी दुई बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म ६२ प्रतिशत मात्र निर्माणको काम पूरा भएको छ ।

बुधनगरमा आईसिपी निर्माण शुरु भएको २२ महिना पूरा भएको छ । भारततर्फ जोगवनीमा दुई वर्षअघि नै आइसीपी निर्माण भएर सञ्चालन आएपनि बुधनगरमा भने सुस्त गतिमा निर्माण भइरहेकोले तोकिएको समयमा आइसीपी निर्माण नहुने देखिएको हो । आइसीपी निर्माण गर्ने दुई देशीय सहमति भएको १२ वर्षपछि भारतले बुधनगरमा आइसीपी निर्माणको काम अघि बढाएको थियो ।

गएको फेब्रुअरी १ देखि आइसीपी निर्माणको काम सुरु भएको थियो । आइसीपी निर्माणका लागि भारत सरकारबाट ठेक्का पाएको दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकम अहमदावादले आइसीपीको निर्माणको काम गरिरहेको छ । ठेकेदार कम्पनी दिनेशचन्द्र एन्ड आर अग्रवाल इन्फा डटकमका इन्जिनियर अवधेशकुमार साहले आइसीपीका लागि तयार गरिने भवन,घेरावेरा गर्ने लगायतका काम भइरहेको जानकारी दिए ।

निर्माण कम्पनीका अनुसार आइसीपीको पहिलो चरणको काम अहिले भईरहेको छ । जसमा आइसीपी जाने लिङ रोड निर्माणको काम र आइसीपी हाता भित्र भौतिक संरचना निर्माणको काम अहिले भइरहेको छ । संयुक्त रूपमा नेपाल÷भारत दुर्वतर्फ बन्ने सो भन्सार नेपालतर्फ ८ सय ५० मिटर लम्बाइ र ५ सय मिटर चौडाइको हुनेछ । आइसीपी निर्माण गर्न १२९ बिघा र लिंक रोडका लागि ४० बिघा छुट्याइएको छ । यसमध्ये ४० विघामा ४३२० मिटर लामो चार लेनको कालोपत्रे सडक निर्माणको काम सुरु भएको छ ।

लिङ्करोडलाई व्यापारिक मार्ग रानीदेखि धरानसम्मको ४९ किलोमिटरको उत्तर÷दक्षिणी राजमार्गसँग जोडिनेछ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय मोरङले गत २९ मंसिरमै नेपालतर्फ निर्माण हुने आइसीपीका लागि आवश्यक जग्गा भारतीय पक्षलाई हस्तान्तर गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.