असहमति जनाउने नागरिकलाई राज्यले त्रसित बनायो :सीके लाल

१७ मंसिर ७५, सोमबार
Share this
757shares

विराटनगर,मंसिर १७
राजनितिक विश्लेषक डा. सीके लालले विधिको शासन भएको राज्यमा कुनै जनताले असहमति जनाए त्यसको सुनुवाई हुनुपर्ने भएपनि नेपालमा त्यस्तो नभएको बताएका छन् । उनले हरेक नागरिकलाई त्रास हैन उसले स्वतन्त्रता पूर्वक आफना भनाई राख्न पाउनुपर्ने र राज्यले त्यसको सुनुवाई गर्नुपर्ने भएपनि सरकारले त्यस्ता भनाई नै राख्न नदिई त्रास देखाउने गरेको आरोप लगाए ।

Advertisement

नर्थ साउथ कलेक्टिभले विराटनगरमा सोमबार आयोजना गरेको जेलिएको संघीय लोकतन्त्र नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै लालले यस्तो बताएका हुन । निरन्तर खोजी गरिनु नै लोकतन्त्र भएको बताउदै उनले नागरिक असन्तुष्ट हुनु र असन्तुष्टिहरु निरन्तर जान्न खोज्नु नै लोकतन्त्र भएको बताए ।

Advertisement

राजनितिक दलको दलदलमा नफसेको संगठनले सिमित अधिकारका कारण राज्यलाई सचेत गराउन नसक्ने पनि उनको भनाई थियो । त्यस्तै दलित सरोकार मञ्चका भोला पासवानले दलितहरुको अधिकारप्रति राज्य गम्भीर नभएको बताए । उनले धारामा पानी छोएकै कारण दलितहरु मारिनुपर्ने अवस्था अझै कायम रहेको बताए ।

Advertisement

कार्यक्रममा बोल्दै अनुसन्धानकर्ता अमिना सिंहले विभेदकारी संरचनाका कारण महिला शसक्तिकरणमा समस्या भएको बताईन् । कार्यक्रममा नेपाल आदिवासी महासंघका दिलबहादुर थेबे, डा देवेन्द्रराज पाण्डे, लेखक खगेन्द्र संग्रौला, नर्थ साउथ कलेक्टिभका अध्यक्ष भास्कर गौतमलगायतले आफ्ना भनाई राखेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top