२८ बाणिज्य बैंकलाई ३२ अर्ब कर्जा लगानीको बाटो खुल्यो

१७ मंसिर ७५, मंगलबार

काठमाडौं,मंसिर १८
बाणिज्य बैंकहरुले ४० अर्ब अतिरिक्त निक्षेप प्राप्त गरेका छन् । अर्थमन्त्रालयले स्थानीय तहलाई दिएको वित्तिय समानीकरण अनुदान सम्बन्धी कार्यबिधी संसोधन गरेर बाणिज्य बैंकहरुलाई निक्षेपमा ४० अर्बको राहत दिएको हो ।

स्थानीय तहले बाणिज्य बैंकहरुमा राखेको पैसाको ५० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा उपयोग गर्न पाउनेछन् । यो सुबिधा उपलब्ध भएपछि ८० प्रतिशत सीसीडी अनुपातका आधारमा बैंकहरुले थप ३२ अर्ब लगानी गर्न सक्नेछन् । हाल ७५३ वटा स्थानीय तहको बैंक खातामा ८० अर्ब रुपैंयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता गोविन्द नागेलाले अर्थमन्त्रालयले कार्यबिधी संसोधन गरेसँगै ५० प्रतिशत रकम निक्षेपका रुपमा उपयोग गर्ने सुबिधा बैंकहरुले स्वतः प्राप्त गरेको बताए ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top