गिनिज बुकमा नाम लेखाउने धोको बोकेका यी ब्यक्ति, जो जिब्रोले निधार छुन सक्छन् (भिडियोसहित)

१८ मंसिर ७५, बुधबार

विराटनगर,मंसिर १८
अहिले मोरङको उर्लाबारीका एक ब्यक्ति अचम्मको क्षमताका कारण निकै चर्चित भएका छन् ।आफूसँग संसारको सबैभन्दा लामो जिब्रो भएको दाबी गर्ने ३५ वर्षे यज्ञ बहादुर कटुवालले तल्लो ओठले पूरै नाक छोप्न सक्छन् भने जिब्रोले आँखीभौं चाट्न सक्छन् ।

जिब्रोले निधार छोएको भिडियो सोसल मिडियामा सार्वजनिक गरेपछि उनी एकाएक चर्चित भएका हुन् ।स्कूलका ड्राइभर उनलाई कामका बेला आफ्नो कला नदेखाउन सचेत गराइएको छ । उनलाई यसो गरेको देखेर विद्यार्थीहरु डराउने गरेको उनले भिडियोमा बताएका छन् ।

https://youtu.be/GvfEohiyUak

Advertisement

उनले भने– ‘बच्चाहरु मलाई देखेर भाग्छन् । मेरो छेउमा पर्दैनन्, बच्चामात्र होइन, मैले यस्तो गरेको देखेर ठूलाले पनि होस् गुमाउन सक्छन् ।’
यस्तो अद्भूत क्षमताका कारण उनी आफ्नो नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता हुने आशामा छन् ।

उनको भिडियो खिच्ने पुस्कर नेपाल भन्छन्, ‘उनी शारिरिक र मानसिक रुपमा स्वस्थ छन् । निधारलाई चाट्न सक्ने आफ्नो क्षमताबारे उनलाई निकै सानो उमेरमा थाहा भयो ।’ ‘उनको एउटा मात्र दाँत छ, त्यसैले पनि उनले यस्तो गर्न सकेका हुन् । उनको यो क्षमता निकै अचम्मको छ तर अद्भूत पनि ।’ (रातोपाटी)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top