आठौं राष्ट्रिय खेलकुदका लागि मोरङमा खेलाडी छनौट जारी

आठौं राष्ट्रिय खेलकुदका लागि मोरङमा खेलाडी छनौट जारी

विराटनगर, मंसिर १८
मोरङ जिल्लामा जारी आठौं राष्ट्रिय खेलकुदको छनौट खेल अन्तर्गत मंगलबार क्रिकेट छात्रतर्फका खेलाडी छनौट भएका छन् । मोरङ जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय खेलाडी छनौट गरेको हो ।

मंगलबार भएको क्रिकेट छात्रतर्फ पुष्प थापा, सिद्धान्त लोहनी, मिनश थापा, फिरदोष अन्सारी, राजन मगर, दीपेश कँडेल, मुकुन्द यादव, श्रवण यादव, रवि राय, आयुष ओडारी, अमृत सिंह, महबुब बाबु इराकी, सौगात भट्टराई र रितेश माझी छनौट भएका छन ।छनौट भएका खेलाडीहरुले प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

यसैबीच भलिबल छात्रतर्फका खेलाडीको पनि छनौट गरिएको छ । आज भएको भलिबल छात्रतर्पm कवि तामाङ, अमृत पुरी, रविन खत्री, प्रकाश राउत, आनन्द खवास, विराज थापा, विशाल खड्का, रविन गौतम, विवेक चौधरी, डगेन्द्र लिम्बू, अभिषेक बस्नेत र राम विश्वकर्मा छनौट भए । छनौट भएका खेलाडीले प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.