एजेन्सी,मंसिर १९
प्रिमियर लिग अन्तरगत शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । वाटफोर्डको घरेलु मैदानमा भएको खेलमा मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको हो ।
यससँगै सिटीले आफ्नो अपराजित यात्रालाई १५औं खेलसम्म लम्ब्याएको छ । जसमध्ये सिटीले १३ खेलमा जित र २ खेलमा बराबरी खेलेको छ । सिटीको ४१ अंक छ ।
सिटीले खेलको ४०औं मिनेटमा लिरोए सानेको गोलबाट अग्रता बनाएको थियो । उनले रियाद महारेजको पासलाई सदुपयोग गरेका थिए । ५१औं मिनेटमा रियाद महारेजले गोल गरेपछि सिटीले खेलमा २–० को अग्रता बनाएको थियो । रियादले गाब्रियल जेससको पासलाई गोलमा परिणत गरेका थिए ।
८५औं मिनेटमा एबिडौलाय डाउकुरेले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा खेल सिटीले २–१ ले आफ्नो पक्षमा पा¥यो । हारपछि वाटफोर्ड १५ खेलबाट २० अंक जोडेर ११औं स्थानमा छ । जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसँग ५ अंकको अग्रता बनाएको छ ।
प्रिमियर लिगका अर्को खेलमा ब्राइटन होभ अल्वियोनले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित ग¥यो । ब्राइटनका ग्लेन मुरे, लियोन बालोगन र फ्लोरिन एन्डनले गोल गरे ।
क्रिस्टलका लुका मिलिभोजेभिकले सान्तवाना गोल फर्काए । ब्राइटनका सेन डफी २८औं मिनेटमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । जितपछि ब्राइटन २१ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित क्रिस्टल प्यालेस १२ अंक जोडेर १५औं स्थानमा छ ।लिगकै अर्को खेलमा वेस्टह्याम युनाइटेडले कार्डिफ सिटीलाई ३–१ ले पराजित ग¥यो ।