भारतीय क्रिकेटर गौतम गम्भीरद्वारा क्रिकेट करिअरबाट सन्यासको घोषणा

भारतीय क्रिकेटर गौतम गम्भीरद्वारा क्रिकेट करिअरबाट सन्यासको घोषणा

एजेन्सी,मंसिर १९
भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । मंगलबार आफ्नो ट्विटर मार्फत गम्भीरले अन्तर्राष्ट्रिय सबै स्तरका साथै घरेलु लिग र आईपीएलबाट पनि सन्न्यास लिएको बताएका हुन् ।

गम्भीरले सन् २००४ मा अस्ट्रेलियाविरुद्द र २००३ मा बंगलादेशविरुद्ध वान डे क्रिकेटमा डेब्यू गरेका थिए । गम्भीरले ५८ टेस्ट, १ सय ४७ वान डे,३७ टी–२०, १ सय ९७ प्रथम श्रेणी र २ सय ९९ लिष्ट ए खेल खेलेका छन् ।पुर्व ओपनर गम्भीरले सन् २००७ मा टी–२० र २०११ मा भारतलाई वान डे विश्वकप जिताउन उत्कृष्ट प्रर्दशन गरेका थिए ।

गम्भीर सन् २०१६ मा इंग्ल्यान्डबीरुद्ध खेलेदेखी भारतीय टिम बाहिर रहदै आएका थिए । त्यस्तै टी–२० क्रिकेट सन् २०१२ मा पाकिस्तानबीरुद्ध र वानडे मा सन् २०१३ मा इंग्ल्यान्डबीरुद्ध खेले देखी भारतीय टिम बाहिर थिए ।

टेस्टमा गम्भीरले कुल ४१५४ कुल रन बनाउदा ९ शतक र २२ अर्ध शतक प्रहार गरेका छन् । वेस्ट स्कोर २ सय ६ रहेको छ । वान डे मा ११ शतक र ३४ अर्ध शतक प्रहार गर्दै कुल ५२३८ रन बनाएका छन् ।

त्यस्तै टी–२० क्रिकेटमा कुल ९ सय ३२ रन बनाए । आईपीएलमा सन् २०१२ र २०१४ मा कोलकाता नाइट राइडर्सलाई च्याम्पियन बनाउन उत्कृष्ट कप्तानी भूमिका निर्बाह गरेका थिए ।

पछिल्लो आईपीएल सन् २०१७ मा साविक दिल्ली डेयर डेभिल्स हाल दिल्ली क्यापिटल्सबाट केहि खेलमा कप्तानी गरेका थिए । तर खराव प्रर्दशनका कारण राजिनामा दिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.