प्रदेश योजना आयोगलाई कामगर्ने बाटो खुल्यो, नवनियुक्त उपाध्यक्ष र सदस्यको सपथ

विराटनगर मंसिर २०
एक नम्बर प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यहरुले आज सपथ लिएका छन् । मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रममा उनीहरुले सपथ लिएका हुन् ।

मुख्यमन्त्री शेरधन राईले आयोगका उपध्यक्षमा सुबोध प्याकुरेल र सदस्यहरुमा पुर्ण लक्सम र मिना भण्डारीलाई सपथ दिलाएका थिए ।सपथ कार्यक्रममा मुख्यमन्त्री राईले मुलुकको इतिहासका पुस्तक बढेर समृद्धि हासिल हुन नसक्ने बताए ।

उनले व्यवस्थित योजना बनाएर मात्र समृद्धी सम्भव रहेको दाबी गरे ।उनले आयोग गठन अगावै प्रदेश सरकारले योजना तर्जुमाको काम अगाडी बढाइ सकेको जानकारी समेत दिए ।

Advertisement

उनले संघियताको मर्मलाई नबुझिकन ऐतिहासिक जिम्मेवारी बहन गर्न नसकिने धारणा राखे । उनले योजना आयोगका पदाधिकारीले त्यो भावनालाई बुझ्ने विश्वास व्यक्त गरे ।प्रदेश योजना आयोगका नवनियुक्त उपध्यक्ष सुबोध प्यकुलले सरकारले परि लक्षित योजना अनुसार प्रदेश १लाई आत्मनिर्भर बनाउन त्यस तर्फ आफुहरु अग्रसर हुने बताए ।

उनले सरकारले बजेट पठाउने,कर्मचारीले ठेक्का लगाउने र ठेकेदारले विकास गर्ने परिपर्टी बदल्नु पर्ने बताए । उनले अबको युग विकास र प्रतिस्पर्धाको युग भएकोले त्यसै अनुसार अघि बढने प्रतिबद्धता व्यक्त गरे । सप्तरी जिल्लामा जन्मेर विराटनगर हुर्केका प्याकुरेल इन्सेकका पुर्वकेन्द्रीय अध्यक्ष हुन् ।

Advertisement

गत कार्तिक १४ गते बसेको प्रदेश मन्त्री परिषदले आयोगको उपाध्यक्षमा प्याकुरेल र सदस्यहरुमा पुर्ण लक्सम र मिना भण्डारीलाई नियुक्त गरेको थियो । पाँच सदस्य मध्ये अन्य २ जना सदस्य नियुक्त भने सरकारले गरेको छैन ।आयोगका उपाध्यक्षले राज्य मन्त्री सरहको सेवा सुविधा पाउने छन् भने अन्य सदस्यहरुले सहायकमन्त्री सरहको सेवा सुविधा पाउने छन् ।सपथ कार्यक्रममा सरकारका मन्त्री,प्रमुख सचिव लगायत उपस्थित रहेको थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top