अल्लारे प्रेमले १३ वर्षमै गर्भवती

१९ मंसिर ७५, बिहीबार

पोखरा : सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध गहिरो बन्न पुग्यो, तर त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य भइन् स्याङ्जाकी एक बालिका ।

सामान्य हाँसखेल भयो, केटाले अरुसँगै बिहे गरिदिने डरले बालिकालाई आफ्नो बनाउनकै लागि दुवैको सहमतिमै सम्बन्ध हुन पुग्यो र अल्लारे प्रेमले दुवै जनालाई अहिले अप्ठेरोमा पारेको छ ।

नाम र ठाउँ नभन्ने सर्तमा बालिकाले भनिन्, ‘हामीबीच प्रेमसम्बन्ध थियो, हामी एक अर्कालाई छाड्न सक्दैनौँ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफूले बच्चा जन्म दिने बताइन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top