बालाचतुर्दशी पर्व मनाइँदै, शिव मन्दिर परिसरहरुमा सतबिज छरिंदै

२० मंसिर ७५, बिहीबार
Share this
744shares

विराटनगर, मंसिर २०
हिन्दू धर्मावलम्बीले आफ्नो परिवारभित्रका दिवंगत आत्माको चिरशान्तिको कामनामा सत्बीज छरी आज बालाचतुर्दशी पर्व मनाउँदै छन् । देशभरका शिव मन्दिर परिसरहरुमा दर्शनार्थीहरुले विहानैदेखि सतबिज छरिरहेका छन् ।

Advertisement

पशुपति क्षेत्रको श्लेष्मान्तक बनमा वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा सतबीज छर्न देशभरबाट ठूलो संख्यामा भक्तजन पुगेका छन् ।प्रत्येक वर्ष मंसिर कृष्ण चतुर्दशी अर्थात् आजैका दिन छरेको सतबीज दिवंगत भएका आफन्तले पाउँछन् भन्ने धार्मिक विश्वास छ ।

विहान सबेरैदेखि सतबीज अर्थात् जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा छर्दैै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिरहरु परिक्रमा गरिन्छ ।

Advertisement

भगवान् शिव मृगरुप लिएर घुम्नु भएको पूण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पूण्य मिल्ने र दिवंगत आत्माले मुक्ति पाउने जनविश्वास छ ।

यसका लागि गएराति थुप्रैं भक्तालु काठमाडौको कैलाश डाँडा, ठूलो महास्नानघर, घयाम्पो पाटी, बज्रघर, राममन्दिर, राजराजेश्वरी, बाग्मतीपारि, नासलचोकलगायत ठाउँमा महादीप बाली जाग्राम बसेका थिए ।

Advertisement

बाग्मती किनारको मृगस्थलीमा भगवान् शिव मृगरुप धारण गरेर बिहार गरेको थाहा पाई त्यस शिवरुपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरियो भएपछि मृगहरु आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किंवदन्ती छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top