प्रदेशका प्रमुख दुई योजना केन्द्रमा तानिए, प्रदेश सरकार बेखबर

२० मंसिर ७५, बिहीबार
Share this
753shares

विराटनगर, मंसिर २०
संघीय सरकारले एक नं प्रदेशलाई हस्तान्तरण गरेका दुई वटा ठूला आयोजना फेरि संघले केन्द्रमै तानेको छ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेश सरकारलाई हस्तान्तरण गरेको नँया शहरी आयोजना र जनता आवास कार्यक्रम संघमा तानेको हो ।

Advertisement

प्रदेश सरकारले रातो किताबमा समेत राखेको आयोजना प्रदेश सरकारलाई जानकारी समेत नदिई पुन संघमा तानेको हो । शहरी विकास मन्त्रालयले एक महिना अघिमात्र ती आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले ती आयोजना कार्यान्यनका लागि प्रक्रिया अगाडी वढाउने तयारी गरिरहेको थियो ।

यही बेला प्रदेश सरकारलाई पनि जानकारी नदिई पुन संघीय सरकार अन्तर्गतको प्रदेश शहरी बिकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वय इकाई मार्फत काम अगाडी बढाउने तयारी गरेको हो ।

Advertisement

शहरी बिकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयका प्रमुख दिगम्बर ठाकुरले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका नँया शहर निर्माण आयोजना र जनता आवास कार्याक्रम कार्यान्यनका लागि प्रकृया अगाडी नवढदै पुन संघले तानेको जानकारी दिए । उनले संघले चालु आर्थिक बर्षका लागि बजेटसहित यी दुई कार्यक्रम प्रदेशलाई हस्तान्तरण गरेको स्मरण समेत गरे ।

संघले हुलाकी राजमार्ग अन्तर्गत मोरङको रंगेलीमा नँया शहर निर्माण आयोजनाका लागि ३ करोड रुपैया छुटाएको थियो ।त्यसै गरी जनता आवास कार्यक्रमका लागि १ अर्ब १ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

Advertisement

जसमा यो कार्यक्रम प्रदेश नं. १ अन्तर्गतका मोरङ, सुनसरी र उदयपुरमा सञ्चालन हुने थियो । शहरी बिकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयले यी दुबै आयोजना योजना स्विकृतका प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वधार तथा बिकास मन्त्रालयमा पठाएको थियो ।

जसमा यी दुई कार्यक्रम मन्त्रालयबाट स्विकृत हुने चरणमा रहेका थिए । प्रदेश कार्यालयले चालु आर्थिक बर्षका लागि संघले हस्तान्तरण गरेका यी दुई सहित विराटनगर चक्रपथ, कार्यालय मर्मत सुधार शिर्षकका लागि कार्यक्रम स्विकृतका लागि मन्त्रालय पठाएको थियो ।

कार्यालयले क्रमगत योजनाका लागि ४ करोड ९५ लाखको चक्रपथ र मोरङ तथा सुनसरी दुई जिल्लामा कार्यालय मर्मतका लागि भनेर ३५ लाख रुपैयाका कार्यक्रम मन्त्रालयबाट स्विकृत हुने चरणमा रहेको छ । प्रदेश सरकारले कार्यक्रम कार्यान्वयका लागि भखरै मात्र संरचना निर्माण गर्ने क्रममा रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top