खाँदबारीमा तेस्रो पांमा कपको तयारी तीव्र

२० मंसिर ७५, बिहीबार
Share this
749shares

विराटनगर,मंसिर २०
पांमा सामुदायिक सेवा केन्द्र संखुवासभाको आयोजनामा हुने तेस्रो पामा कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०७५ को तयारी तीव्र पारिएको छ ।

Advertisement

संखुवासभाको खाँदबारी ४ स्थित भगिवन्त रंगशालामा हुने सो प्रतियोगिता पौष ४ गतेदेखि ८ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १३ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ । त्यस्तै द्धितिय पुरस्कार ५५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र रहेको छ भने सेमिफाईनलमा प्रवेश गर्ने अन्य टिमलाई १५/१५ हजार वितरण गरिने छ ।

Advertisement

प्रतियोगिताको अनुमानित लागत १३ लाख ३९ हजार रहेको आयोजक कमिटिका सल्लाहकार मिथुन भोटेले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top