२० मंसिर २०७५,विराटनगर
अपाङता भएका ब्यक्तिहरुको २७ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा विराटनगरमा प्रदेशस्तरिय बत्तृmत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालय प्रदेश एकको अयोजना र राष्ट्रिय अपाङ महासंघ प्रदेश कार्यालयको समन्वयमा भएको प्रतियोगितामा ८ जना अपाङता भएका माविस्तरिय विद्यार्थीहरु सहभागि भएका छन । प्रतियोगितामा कबिर माध्यमिक विद्यालय पथरी,मोरङका दृष्टिविहीन विद्यार्थी साकिर मोहम्मद प्रथम भएका छन । ९९.५ अंकसहित प्रथम भएका साकिरले पुरस्कारस्वरुप ७ हजार र प्रमाणपत्र प्राप्त गरेका छन । यस्तै प्रतियोगितामा मधेशा,सुनसरीस्थित जनता माध्यमिक विद्यालयका बहुअपाङता भएका विद्यार्थी आदित्य आचार्यले ९७.५ अंक हासिल गरेर दोश्रो र धरान,सुनसरीस्थित ज्ञानचक्षु माध्यमिक विद्यालयका दृष्टिविहीन विद्यार्थी गगन आलेले ९७ प्रतिशत अंक हासिल गरेर तेश्रो स्थान हासिल गरेका छन ।
उनिहरुले पुरस्कार स्वरुप नगद ५ हजार र ३ हजार सहित प्रमाणपत्र हासिल गरे । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विजयी विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा मन्त्री घिमिरेले प्रकृतिले प्रत्येक व्यक्तिलाई विशिष्ठ क्षमता दिएको बताए । उनले ब्यक्तिको कुनै एक अंग कमजोर भएकै आधारमा कमजोर ठान्ने सामाजिक मान्यता बदलिन आवश्यक रहेको बताए ।
यसअघि आयोजित अन्तरक्रिया कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश एकका कानुनी सल्लाहकार कोषराज न्यौपाने र सामाजिक विकास महाशाखा प्रमुख दुर्गा बरालले सहभागिलाई अपाङता भएका ब्यक्तिहरुको हकअधिकारका बिषयमा भएका कानुनी प्रावधानहरुको बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा अपाङता भएका ब्यक्तिहरुले आफूहरुलार्य उपेक्षा गरिएकाले विकास प्रक्रियामा आउन नसकेको गुनासो गरेका थिए ।