एजेन्सी, मंसिर २१
बलिउड आइटम गर्ल सन्नि लियोनले नेपाली चलचित्रमा नृत्य प्रस्तुत गरेकी छिन् । लण्डनमा छायाँकन गरिएको नेपाली चलचित्र ’पासवर्ड’को गीतमा सन्नीले कम्मर मर्काएकी हुन् । निर्माण टिमले ’सन्नि हो नाम मेरो…’ बोलको गीतको छायाँकनमा मात्रै पाँच करोड नेपाली रुपैँया खर्चिएको छ ।
बलिउडका भेट्रान कोरियोग्राफर विष्णु देभाले निर्देशन तथा कोरियोग्राफी गरेको सो गीतमा अर्जुन पोखरेलले संगीत भरेका हुन् । नृत्य गर्न सन्नि ७ जनाको टिम लिएर लण्डन पुगेकी थिइन् । नेपाली फिल्ममा हालसम्मकै सर्वा्धिक बजेटमा निर्माण गरिएको उक्त गीतमा सन्निलाई २ सय बढि डान्सरले साथ दिएका छन् । भारत र बेलायतका नृत्याङ्गनाहरु गीतमा सन्निसँगै फिचर छन् । छायाँकनका केहि अचल दृश्यहरु निर्माण टिमले सार्वजनिक गरेको छ ।

सन्निले दुई करोड भारतिय रुपियाँमा टिमसहित सम्झौता गरेर नेपाली फिल्ममा नृत्य गर्न तयार भएकी थिइन् । फिल्मका निर्देशक सम्राट बस्नेतले ’पासवर्ड’को कथा र स्कृनप्लेले गरेको माग अनुसार नै आफ्नो फिल्ममा सन्निलाई नृत्य गर्न भारतबाट लण्डन झिकाएको बताए ।
२ दर्जनबढि फिल्ममा द्वन्द्व निर्देशन गरेका सम्राटको लागी यो फिल्म ठूलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हुनेछ ।एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्मको प्रदर्शन मिति तय भइसकेको छैन । यो फिल्मलाई बिक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् ।

एक्सन थ्रिलर जनराको फिल्ममा सौरभ लामाको छायाँकन छ भने बिक्रम जोशी (विक्की), अनुपबिक्रम शाहि, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा छन् ।









