आशातित काम गर्न सकिएन : मन्त्री घिमिरे

आशातित काम गर्न सकिएन : मन्त्री घिमिरे

विराटनगर,मंसिर २२
जनताको भरोसा र आशाको केन्द्रका रुपमा हेरिएको ओली सरकार संक्रमणकालीन अवस्थाबाट गुज्रिदा सोको प्रभाव प्रदेशमा समेत देखा परेको एक नम्बर प्रदेशका सामाजिक बिकास मन्त्री जिवन घिमिरेले बताएका छन् ।

संक्रमणकालीन अवस्थाबाट पार पाउन नसक्दा नयाँ नीति र नियम तर्जुमा गरी कार्यान्वयनमा ल्याउन कठिनाई भएको बताउँदै मन्त्री घिमिरेले प्रदेश सरकारले जनताको चाहना बमोजिमको आशातित कार्य सम्पादन गर्न नसकेको बताए ।

मन्त्री घिमिरेले अवस्था सदैव एउटै प्रकृतिको नरहने भन्दै ओली सरकारले केही गरेन भनेर अत्तालिहाल्नु पर्ने अवस्था नरहेको बताए । उनले भने “विश्वास गर्नोस – ओली सरकार दौडन्छ” ।

५ वर्षमा मुलुकको समृद्धि र बिकासमा कायापलट गर्ने सार्मथ्य बोकेको वर्तमान सरकार जनताको मन जित्न सफल हुने छ । इनरुवा – ५ बलाहामा रहेको नवयुग एकेडेमी प्रालिको ११ औं वार्षिक साधारण सभामा सम्बोधनको क्रममा घिमिरेले पुरानो ढाँचा र संरचनालाई परिवर्तन गर्दै नयाँ ऐनमा परिमार्जित गरेर कामकाजलाई तिव्रता दिनेगरी प्रदेश सरकार लागिपरेको समेत बताए ।

साधारणमा सभामा मंत्री घिमिरेले एसईई तर्फ एकेडेमीबाट उत्कृष्ठ ठहरिएका नेपाल टपरहरु शंकरबाबु आचार्य र उज्वलराज घिमिरेलाई सम्मान गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.