विराटनगर, मंसिर २२
मोरङको जहदा गाउँपालिका–१ घुनी गाउँमा विचल्ली भएका ३ बालिकालाई शनिबार पहिलो पाईला नेपाल बिराटनगर शाखाले सहयोग गरेको छ ।
उपचारको अभावमा आमाको मृत्यु भए पश्चात बाबुले छोडेर गए पछि बिचल्ली भएका १० बर्षिय रानी मुखिया, ७ वर्षीय नेहा मुखिया र ५ वर्षीय सुतेना मुखियालाई पहिलो पाईला नेपालले दश हजार मुल्य बराबरको न्यानो कपडा ज्याकेट, टोपी, सुरुवाल, बलाङ्केट चामल लगायत सहयोग गरेको हो ।

तत्काल यति सहयोग गरे पनि आगामी दिनमा उनीहरुलाइ अझै दीर्घकालीन रूपमा सहयोग गर्न आफुहरु तयार रहेको पहिलो पाईला नेपाल बिराटनगर शाखाका अध्यक्ष सुबास गौतमले बताए ।
खाने र लागाउने लुगाको समेत समस्यामा कष्टकर जीवन बिताईरहेका उनीहरु अहिले मामाघरकी हजुरआमा सुर्जी मुखियाको शरणमा बस्दै आएका छन् ।
‘न्यानो माया अभियान ’ नामक अभियानको अन्तिम तयारीमा रहेको पहिलो पाईला बिराटनगर १० स्थित धनपुराका २४ स्थानीय घरपरिवारलाई न्यायो कपडाहरु बितरण गर्ने तयारीमा रहेको संस्थाका उपाध्यक्ष प्रदिप कार्कीले बताए ।