सोलुखुम्बु, मंसिर २३
सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ थुक्लामा आईतवार १ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
गत मंसिर १६ गते भ्रमणको शिलसिलामा रामबेलर्स नेपाल ट्रेकिङ ऐण्ड एड्भेन्चर प्रा.लि. नेपालगंज बाँके मार्फत सोलुखुम्बु आएका बर्ष ३० को भारतीय नागरिक रविकान्त मिश्रको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
भ्रमणको शिलसिलामा सगरमाथा बेश क्याम्प जाने क्रममा सोही स्थानमा रहेको याक होटलमा शनिवार वास बसेका मिश्र अचानक श्वास बढ्ने र मुखबाट फिँज आउने समस्या देखिएपछि उपचारको लागि तत्काल निकोलनिकी अस्पताल सोलुखुम्बु लैजाने क्रममा आज बिहान बाटोमा नै मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि हेलीकप्टरद्वारा शिक्षण अस्पताल महाराजगंज काठमाडौं पठाईएको उक्त कार्यालयले जनाएको छ ।