मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी

विराटनगर,मंसिर २३
मोरङलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । यहि डिसेम्बर अन्तिमभित्रै जिल्लालाई खुल्ला दिसामुक्त बनाउने तयारी गरिएको जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले बताए ।

मोरङका १७ स्थानीय तहमध्ये १२ वटा खुल्ला दिसामुक्त भइसकेका छन भने बांकी रहेका ५ वटा स्थानीय तह समेत छिट्टै घोषणा प्रक्रियामा छन् । मोरङको २ लाख २ हजार ८ सय २० घरधुरीमध्ये ९९ प्रतिशत घरपरिवारले चर्पी निर्माण गरेर प्रयोग गरिरहेको खुल्ला दिसामुक्त अभियानमा सहयोगी रहेको मातृभुमि महिला समाजकी मोरङ अध्यक्ष शान्ता दाहालले जानकारी दिइन् ।

मोरङ जिल्लामा अब बुढीगंगा,कटहरी र जहदा गांउपालिकासहित सुनबर्षी नगरपालिका तथा विराटनगर महानगरपालिका मात्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न बांकी रहेको जनाइएको छ ।

Advertisement

जिल्लाका विभिन्न स्थानीय तहका वडाहरुलाई खुल्ला दिसामुक्त घोषणा गर्नेक्रममा कटहरी गांउपालिकाको वडा नम्बर १ लाई आइतबार खुल्ला दिसामुक्त वडा घोषणा गदै जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले बांकी रहेका स्थानीय तहहरुलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकेर चालु डिसेम्बर महिनाको मसान्तसम्म मोरङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने बताए ।

कटहरी गांउपालिकाका प्रमुख रामकुमार कामतले कटहरी गांउपालिकाका विभिन्न ७ वटा वडामध्ये ४ वटालाई खुल्ला दिसामुक्त घोषणा गरिसकिएको बताउदै मंसिर २९ गते भित्र गाउपालिकालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिने जानकारी दिए । कार्यक्रममा कटहरी १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न सघाउ पु¥याउने सहयोगि संस्था र सामाजिक अभियन्ताहरुलाई सम्मान गरिएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top