सुन्तलाले बजार धान्न नसक्दा मूल्य बढ्यो

१० पुस ७४, मंगलबार

धरान, पुष ११
पूर्वी पहाडी क्षेत्रमा यतिखेर सुन्तलाको सिजन सुरु भएको छ । तर गतवर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लाहरुमा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ ।

धरानस्थित कृषि उपज बजारस्थलका अनुसार गत वर्षको तुलनामा ४५ प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा कृषि उपजबजार स्थल धरानमा १५ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो ।

तर, यो वर्ष सिजनमा पनि ४ सय मेट्रिक टन बराबरको सुन्तला मात्र बिक्री भएको छ । बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । अघिल्लो वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा कमी आएको भोजपुरका कृषक जितेन्द्र राईको भनाइ छ ।

गत आर्थिक वर्ष ०७२÷७३ मा ६ हजार ४ सय ९३ मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । त्यसबेला थोक मूल्य मात्र ५२ करोड रुपैयाँको कारोबार भएको थियो । किसानहरुको बारीमै गएर व्यापारीहरुले फुल फुल्दै गर्दा बोट नै खरिद गर्दछन् । फुल फुले अनुसारको सुन्तला नफल्दा भने व्यापारीहरुलाई घाटा भएको धरानका सुन्तला व्यवसायी टिकाराम श्रेष्ठ बताउछन् ।

उपभोक्ताले मागअनुसारको सुन्तला बजारमा आउन सकेको छैन । पुर्वी पहाडी जिल्लाहरुमा गत वर्षको तुलनामा ६० प्रतिशतले कम सुन्तला उत्पादन भएको छ । जसले गर्दा सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य दोब्बर रहेको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराइको भनाइ छ ।

सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण सुन्तलाको बोट मर्नु र फुल लागेको वेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगहरुको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ । जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकहरुको पेशा सुरक्षित हुने थियो ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top