×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आरक्षित वर्गले पाउदैनन् सार्वजनिक यातायातमा सिट (भिडियो रिपोर्टसहित)

२५ मंसिर २०७५

टेकराज बन्जरा
विराटनगर, मंसिर २५
सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई छुट्याईएको आरक्षण सिट कार्यान्वयन नभएको पाईएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छुट्ने अधिकांश बसले छुट्याईएको आरक्षण सिटमा तोकिएको वर्गलाई नबसाई अन्य यात्रुहरु बसाउने गरेको पाईएको हो ।

सार्वजनिक यातायात आचारसंहिता २०६७ अनुसार महिला, शारीरिक अपाङ्गता तथा अशक्त ब्यक्तिलाई आरक्षण सिट दिनुपर्ने भनिएको छ भने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि २०७० अनुसार ज्येष्ठ नागरिकलाई दुई वटा आरक्षण सिट सुरक्षित गरी आरक्षण सिटमा बस्ने दुई जनालाई कम्तीमा ५० प्रतिशत छुट सुविधा दिनुपर्ने व्यबस्था छ ।

Advertisement
Advertisement

तर कतिपय यातायातहरुले आरक्षण सिट नै छुट्याएका छैनन् भने कति यातायातले आरक्षण सिट भनेर छुट्याए पनि तोकिएको वर्गलाई आरक्षण सिटमा नबसाई अन्य यात्रुलाई नै बसाएर यात्रा गराउने गरेका छन् । १४ सिट भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातमा महिला, शारीरिक अपाङ्गता भएका ब्यक्ति तथा ज्येष्ठ नागरिकलाई आरक्षणको ब्यबस्था भएपनि कतिपय सवारीले सो कुरा जानकारी नगराई अन्य यात्रुलाई बसाउने गरेको यात्रुहरुले बताएका छन् ।

विराटनगरबाट ईटहरी तर्फ बसमा यात्रा गरिरहेकी एक महिलाले आरक्षण सिटमा बस्न नपाएको गुनासो गरिन त्यत्तिबेला महिलाको सिटमा एक जना पुरुष बसिरहेका थिए ।त्यस्तै, विराटनगरकी रमा निरौलाले कुनैबसमा आरक्षणमा बस्न पाउने र कुनै नपाृने गुनासो गरिन् । ‘कुनै कुनैमा बस्न पाईन्छ कुनैमा पाइँदैन’ उनले भनिन् ‘कतिपयमा त मैले छुट्याको पनि देखेको छैन ।’ त्यस्तै एकजना बृद्धले पनि आफुलाई छुट्याएको सिटमा बस्न नपाएको गुनासो गरे ।

यातायातका चालक तथा परिचालकहरुले भने तोकिएको वर्गलाई आरक्षण नदिएपनि सिटमै राखेर यात्रा गराउने गरेको दावी गरेका छन ।आरक्षण सिट नछुट्याईएको बारे प्रश्न सोध्दा सहचालक मणि भण्डारीले आरक्षण सिट भएको र मेटिएको बताउँछन् । उनले भने–‘छ आरक्षण सिट भनेर छुट्याईएको अझै रातो दखिएको छ । भोली यसलाई मिलाईदिने ।’

त्यस्तै, अर्का सहचालक मोहम्मद इस्तियाक लोकल बसमा यात्रा गराउँदा यात्रुले अटेर गर्ने गरेका कारण आरक्षण सिटमा लक्षित वर्गलाई बसाउन नसकिने बताउँछन् ।सरकारबाट पाउने सेवा सुविधा लिए पनि तोकिएको व्यबस्थालाई सार्वजनिक यातायातका चालक तथा परिचालकहरुले विभिन्न बहानामा टार्ने गरेका छन् ।

महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्दा अभद्र ब्यबहार हुने गरेको गुनासाहरु आएपछि ती वर्गहरुलाई आरक्षण सुविधा दिइएको हो । तर सार्वजनिक यातायातले यसको पालना गर्नुता परै जाओस यात्रुलाई टिकट नदिने, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गरेर अरु नियमको पनि उल्लङ्घन गर्ने गरेका छन् ।

सार्वजनिक सवारी साधनमा तोकिएको वर्गलाई आरक्षण सिट अनिवार्य गरिएको र अनुगमनका क्रममा भेटिएका आरक्षण सिटको दुरुपयोग गर्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले बताए ।

तोकिएको वर्गले आरक्षण सिट नपाएको भेटिएपनि अहिले सबै सार्वजनिक यातायातले आरक्षण सिट सम्बन्धी ब्यबस्थाकोे पूर्ण रुपले कार्यान्वयन गरेको उनको दाबी छ ।उनले भने ‘हामीले अनुगमन गरिरहेका छौँ । आरक्षण सिटमा महिलाको सिटमा पुरुष नबस्ने बृद्धाको सिटमा युवा भाईहरु अथवा अरु कोही नबस्ने आरक्षण अनुसार ब्यबस्थित हिसाबले बसाएर यात्रा गराउनु भनेर अनुगमनका क्रममा हामीले चालक सहचालकहरुलार्ई भनेका छौँ। ’

Advertisement

उनले अनुगमनका क्रममा नियम मिचेको भेटेमा यातायात ब्यबस्था ऐन अनुसार कारबाही गरिएको बताए ।सार्वजनिक यातायातका चालक तथा परिचालकको मनलाग्दी र अनुगमन गरी कार्यान्वयनका लागि दबाब दिने निकायरु मौन बस्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरु तोकिएका आरक्षण सेवाबाट बञ्चित भएका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top