NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान सोमवार पुस ७ , २०८२
विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने सोमवार पुस ७ , २०८२
रुसी राजधानी बमले थर्कियो, कसले विस्फोट गरायो ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

आरक्षित वर्गले पाउदैनन् सार्वजनिक यातायातमा सिट (भिडियो रिपोर्टसहित)

मङ्लबार मंसिर २५ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

टेकराज बन्जरा
विराटनगर, मंसिर २५
सार्वजनिक यातायातमा यात्रा गर्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई छुट्याईएको आरक्षण सिट कार्यान्वयन नभएको पाईएको छ । प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट छुट्ने अधिकांश बसले छुट्याईएको आरक्षण सिटमा तोकिएको वर्गलाई नबसाई अन्य यात्रुहरु बसाउने गरेको पाईएको हो ।

सार्वजनिक यातायात आचारसंहिता २०६७ अनुसार महिला, शारीरिक अपाङ्गता तथा अशक्त ब्यक्तिलाई आरक्षण सिट दिनुपर्ने भनिएको छ भने सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकलाई छुट र सुविधा दिनेसम्बन्धी कार्यविधि २०७० अनुसार ज्येष्ठ नागरिकलाई दुई वटा आरक्षण सिट सुरक्षित गरी आरक्षण सिटमा बस्ने दुई जनालाई कम्तीमा ५० प्रतिशत छुट सुविधा दिनुपर्ने व्यबस्था छ ।

तर कतिपय यातायातहरुले आरक्षण सिट नै छुट्याएका छैनन् भने कति यातायातले आरक्षण सिट भनेर छुट्याए पनि तोकिएको वर्गलाई आरक्षण सिटमा नबसाई अन्य यात्रुलाई नै बसाएर यात्रा गराउने गरेका छन् । १४ सिट भन्दा बढी सिट क्षमता भएका सार्वजनिक यातायातमा महिला, शारीरिक अपाङ्गता भएका ब्यक्ति तथा ज्येष्ठ नागरिकलाई आरक्षणको ब्यबस्था भएपनि कतिपय सवारीले सो कुरा जानकारी नगराई अन्य यात्रुलाई बसाउने गरेको यात्रुहरुले बताएका छन् ।

LS Auto

विराटनगरबाट ईटहरी तर्फ बसमा यात्रा गरिरहेकी एक महिलाले आरक्षण सिटमा बस्न नपाएको गुनासो गरिन त्यत्तिबेला महिलाको सिटमा एक जना पुरुष बसिरहेका थिए ।त्यस्तै, विराटनगरकी रमा निरौलाले कुनैबसमा आरक्षणमा बस्न पाउने र कुनै नपाृने गुनासो गरिन् । ‘कुनै कुनैमा बस्न पाईन्छ कुनैमा पाइँदैन’ उनले भनिन् ‘कतिपयमा त मैले छुट्याको पनि देखेको छैन ।’ त्यस्तै एकजना बृद्धले पनि आफुलाई छुट्याएको सिटमा बस्न नपाएको गुनासो गरे ।

यातायातका चालक तथा परिचालकहरुले भने तोकिएको वर्गलाई आरक्षण नदिएपनि सिटमै राखेर यात्रा गराउने गरेको दावी गरेका छन ।आरक्षण सिट नछुट्याईएको बारे प्रश्न सोध्दा सहचालक मणि भण्डारीले आरक्षण सिट भएको र मेटिएको बताउँछन् । उनले भने–‘छ आरक्षण सिट भनेर छुट्याईएको अझै रातो दखिएको छ । भोली यसलाई मिलाईदिने ।’

त्यस्तै, अर्का सहचालक मोहम्मद इस्तियाक लोकल बसमा यात्रा गराउँदा यात्रुले अटेर गर्ने गरेका कारण आरक्षण सिटमा लक्षित वर्गलाई बसाउन नसकिने बताउँछन् ।सरकारबाट पाउने सेवा सुविधा लिए पनि तोकिएको व्यबस्थालाई सार्वजनिक यातायातका चालक तथा परिचालकहरुले विभिन्न बहानामा टार्ने गरेका छन् ।

महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा यात्रा गर्दा अभद्र ब्यबहार हुने गरेको गुनासाहरु आएपछि ती वर्गहरुलाई आरक्षण सुविधा दिइएको हो । तर सार्वजनिक यातायातले यसको पालना गर्नुता परै जाओस यात्रुलाई टिकट नदिने, क्षमता भन्दा बढी यात्रु बोक्ने जस्ता कार्य गरेर अरु नियमको पनि उल्लङ्घन गर्ने गरेका छन् ।

सार्वजनिक सवारी साधनमा तोकिएको वर्गलाई आरक्षण सिट अनिवार्य गरिएको र अनुगमनका क्रममा भेटिएका आरक्षण सिटको दुरुपयोग गर्ने सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख शिवकुमार पोखरेलले बताए ।

तोकिएको वर्गले आरक्षण सिट नपाएको भेटिएपनि अहिले सबै सार्वजनिक यातायातले आरक्षण सिट सम्बन्धी ब्यबस्थाकोे पूर्ण रुपले कार्यान्वयन गरेको उनको दाबी छ ।उनले भने ‘हामीले अनुगमन गरिरहेका छौँ । आरक्षण सिटमा महिलाको सिटमा पुरुष नबस्ने बृद्धाको सिटमा युवा भाईहरु अथवा अरु कोही नबस्ने आरक्षण अनुसार ब्यबस्थित हिसाबले बसाएर यात्रा गराउनु भनेर अनुगमनका क्रममा हामीले चालक सहचालकहरुलार्ई भनेका छौँ। ’

उनले अनुगमनका क्रममा नियम मिचेको भेटेमा यातायात ब्यबस्था ऐन अनुसार कारबाही गरिएको बताए ।सार्वजनिक यातायातका चालक तथा परिचालकको मनलाग्दी र अनुगमन गरी कार्यान्वयनका लागि दबाब दिने निकायरु मौन बस्दा महिला, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरु तोकिएका आरक्षण सेवाबाट बञ्चित भएका छन् ।

लोकप्रीय

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

विचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२

थप समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?
ताजा समाचार

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार
अन्तर्राष्ट्रिय

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान
अन्तर्राष्ट्रिय

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

विदेशबाट मतदान गर्न ४ ऐन संशोधन हुँदै, ‘नो भोट’ पनि समावेश गरिने

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ?

सोमवार पुस ७ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
आसिम मुनिरलाई साउदीको उच्च सम्मान

आसिम मुनिरलाई साउदीको उच्च सम्मान

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.