विराटनगर : प्रदेश सरकारले दुई वटा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ आवश्यक सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ । सामाजिक विकास मन्त्रालयले प्रदेश विश्वविद्यालय र प्रदेश प्राविधिक विश्वविद्यालयको सम्भाव्यता अध्ययनको कार्यदल बनाएको हो ।
प्राविधिक विश्वविद्यालय सम्बन्धि कार्यदलको अध्ययन अन्तिम चरणमा पुग्नै लाग्दा ५० कार्यदिन तोकेर प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न नौ सदस्यीय कार्यदल बनाईएको हो ।
कात्तिक २६ गते सामाजिक विकास मन्त्री जिवन घिमिरेले त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागका प्राडा महेशराज दाहाललाई प्रदेश विश्वविद्यालयको सम्भाव्यता अध्ययन सम्बन्धि कार्यदलको संयोजकको रुपमा मनोनयन गरेका हुन् ।
कार्यदलले सार्वजनिक विदाको दिन कटाएर ५० दिनभित्र मन्त्रालयमा प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश रहेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।