×

NEPAL TIMES UPDATES

Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026

झोराहाटमा मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’

२७ मंसिर २०७५

विराटनगर, मंसिर २७
कम्युनिष्ट नेता मदन भण्डारीको जीवनीमा आधारित ‘बर्बरिक’ नाटक बिहीबारदेखि मोरङको झोराहाटमा मञ्चन सुरु भएको छ ।झोराहाट नाट्य समूहको आयोजनामा सुरु नाटक पुस २ गतेसम्म मञ्चन हुनेछ । उपन्यासकार प्रदीप नेपालको उपन्यास ‘बर्बरिक’लाई साहित्यकार भरत गुरागाईंले नाट्य रुपान्तरण गरेका हुन् ।

जीवन बरालले निर्देशन गरेको नाटक १ घन्टा लामो छ । हरेक दिन बिहान ११ र अपरान्ह ४ बजे गरी दुई शो हुने नाट्य समूहका अध्यक्ष भरत गुरागाईंले जानकारी दिए । नाटकमा मदन भण्डारीको २०४४ देखि २०५० सालसम्मको जीवनयात्रालाई समेटिएको छ ।

Advertisement
Advertisement

नेपाली कांग्रेससँगको सहकार्यमा पञ्चायतविरुद्ध २०४६ सालमा भएको जनआन्दोलनलाई नाटकले मुख्य रुपमा उठान गरेको छ । नाटकमा गुरागाईंसहित प्रयाग न्यौपाने, डीवी बस्नेत, अनु श्रेष्ठ, सुदीपजंग कार्की, दीपा पोखरेल, निराशा ढुंगेल, दीक्षा चौधरी, दिव्या रेग्मी, प्रज्वल काफ्ले, प्रदीप सरदार, विमल सम्वाहाम्फे, सौगात लुइँटेल, अर्जुन माझी, सुरज माझी, जिवय माझी, विद्याकान्त दाहालगायतले अभिनय गरेका छन् ।

नाटक हेर्न नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, विनोद ढकाल, अग्रज पत्रकार शंकर खरेल, प्रेस युनियन मोरङका निवर्तमान अध्यक्ष मीनकुमार नवोदित, युवा संघ मोरङका अध्यक्ष मुकेश बुढाथोकीसहित विभिन्न क्षेत्रका अगुवाहरूको सहभागिता थियो ।

Advertisement
Advertisement

झोराहाट नाट्यघरमा यसअघि लीलबहादुर क्षेत्रीको बसाइँसहित १३ वटा नाटक मञ्चन भइसकेको छ । नाट्य समूहका अध्यक्ष गुरागाईंका अनुसार काठमाडौंको कुञ्ज थिएटरमा पनि आगामी पुस १८ गतेदेखि बर्बरिक मञ्चन हुने निश्चित भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top