काठमाडौं, पुस ५
नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग वान डे र टी–२० श्रृंखला खेल्ने भएको छ ।नेपाली क्रिकेट टोलीले जनवरीमा वान डे र टी–२० श्रृंखला यूएईमानै खेल्ने नेपाली क्रिकेट टिमका एनालिस्ट रमन शिवाकोटीले जानकारी दिए ।
उनका अनुसार नेपालले ५ मध्य कति टि–२० र वान डे खेल्ने भन्ने यसै साता तालिका सार्वजनिक हुनेछ भने मैदान र समयको पनि यसै साता टुङ्गो लाग्ने छ ।
नेपाल क्रिकेट संघ क्यान निलम्वनमा रहेको अवस्थामा खेलाडी र प्रशिक्षकको आग्रहमा आईसीसीले शृंखला खेलाउन लागेको हो ।
नेपालले अघिल्लो वर्ष जिम्बावेमा सम्पन्न एकदिवसिय विश्वकप छनोटमा आठौं स्थानमा रहेर ४ वर्षको लागि वान डे मान्यता पाएको छ । नेपालले अगस्टमा वान डे अन्तर्राष्ट्रियमा डेब्यु गर्दै नेदरल्यान्डसँग दुई वान डे खेल खेलेको थियो । दुई वान डे श्रृंखला १–१ को बराबरीमा सकिएको थियो ।
त्यस्तै नेपालले तेस्रो वानडे युएईसँग एसिया कप छनोटमा खेलेको थियो । नेपालले वान डे मान्यता पाएपछि ३ वान डे खेलिसकेको छ ।