यस्ताे बन्दैछ ‘प्रदेश लोकसेवा आयोग’, संसदमा पुग्याे विधेयक

यस्ताे बन्दैछ ‘प्रदेश लोकसेवा आयोग’, संसदमा पुग्याे विधेयक

काठमाडौं : कानुन नबनेकाले प्रदेश लोकसेवा गठन गर्न नसकिएको र आवश्यक कर्मचारीको व्यवस्था नभएको भन्दै प्रदेश सरकारले असन्तुष्टि जनाइरहेको वेला सरकारले विधेयक संघीय संसदमा पुर्याएको छ। प्रदेश लोकसेवा आयोग गठन गर्ने आधार र मापदण्डसहितको विधेयक आइतबार दर्ता हुने क्रममा रहेको संसद् सचिवालयले जनाएको छ।,याे खबर नयाँ पत्रिका दैनिकमा छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार प्रतिनिधिसभामा विधेयक पुर्‍याए पनि दर्ता हुन सकेको छैन। केन्द्रले प्रदेश लोकसेवा आयोग गठनको बाटो खोल्न यो विधेयक ल्याएको हो। प्रदेश लोकसेवा आयोगमा अध्यक्षसहित बढीमा तीन सदस्य रहने प्रस्ताव सरकारले विधेयकमा गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसदमा दर्ता गर्न तयार गरेको विधेयकअनुसार अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा एक सिफारिस समिति गठन हुनेछ। सिफारिस समितिमा प्रदेश सभाका सभामुख र विपक्षी दलका नेता सदस्य रहनेछन्। समितिको सिफारिसमा प्रदेश प्रमुखले लोकसेवा आयोगका अध्यक्ष र सदस्य नियुक्ति गर्नेछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.