हातेमालोका विराटनगरबाहिरका शाखाले थाले सरसफाई अभियान

हातेमालोका विराटनगरबाहिरका शाखाले थाले सरसफाई अभियान

विराटनगर, पुस १४
समाज परिवर्तन युवाको काँधमा भन्ने मूल नाराका साथ बिगत ४७ औ हप्ता देखि बिराटनगर सरसफाई अभियानमा जुटेको परिवर्तनका लागि हातेमालोले बिराटनगर बाहिर पनि शाखा विस्तार गरी सरसफाई अभियान सञ्चालन गर्न सुरु गरेको छ ।

साप्ताहिक रुपमा सरसफाई गर्दै आईरहेको हातेमालोका आज विराटनगर बाहिरका दुई वटा शाखा कमिटीले सरसफाई गरेका अभियान सञ्चालन गरेका छन् ।

आफ्नो ठाउँ आफैँ सुन्दर बनाउने सो अभियान कटहरी शाखा कमिटीले हाटखोला बाट सुरु गरेको कटहरी शाखाका अध्यक्ष संजित साहले जानकारी दिए । त्यस्तै बुढिगंगा गाउँपालिकाको शाखा कमिटीले पनि मिलनचोक बाट सरसफाई सुरु गरेको अध्यक्ष देबेन्द्र राइ ले जानकारी दिए ।

आगामी ५१ औ हप्ताको कार्यक्रम भने संस्थाले राष्ट्रिय स्तरको सरसफाई दुत लाई विराटनगर बोलाएर तयारील भएको परिवर्तनका हातेमालोका केन्द्रिय अध्यक्ष विनोद परियारले जानकारी दिए ।उनले यसबारेमा चाँडैनै पत्रकार सम्मेलन गरेर समय र मिति बारे जानकारी गराउने बताए ।

संस्थाले बिगतमा जेब्रा क्रसिङ, होडिंग बोर्ड राख्ने तथा विभिन्न ठाउँमा डस्टविन राख्ने कामको विस्तार गरिसकेको छ । संस्थाले आउने दिनमा पनि यस्तै खालका जनचेतनामुलक कार्यक्रमहरु देश ब्यापी रुपमा लैजाने संस्थाका बरिष्ठ सदस्य जगत गिरीले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.