भीआईपीलाई चार करोडको गाडी

भीआईपीलाई चार करोडको गाडी

विराटनगर : प्रदेश सरकारले विशिष्ट र अति विशिष्ट (भीआईपी र भीभी आईपी) को सवारी व्यवस्थापनको लागि दुई वटा सुविधासम्पन्न गाडी खरिद गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले दुईवटा गाडी खरिदका लागि चार करोड रुपैँया छुट्याएको थियो । सोही बजेटबाट निशान पेट्रोल ब्राण्डको एउटा गाडी दुई करोड ७ लाख ५० हजार र अर्को १ करोड ७९ लाख ५० हजार रुपैँयामा खरिद गरेको हो ।

नयाँ गाडी खरिद गरिएपछि भने उच्च सुरक्षा प्रदान गर्नुपर्ने भीआईपी, भीभीआईपीको सवारी व्यबस्थापनबारे आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई चिन्ता घटेको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.