सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता हाकिमको खल्तीमा

सशस्त्रका सिपाही र हवल्दारको रासनभत्ता  हाकिमको खल्तीमा

काठमाडौं : रासनबापत नगद नै दिन भनेपछि पनि सशस्त्र प्रहरीमा रासनमा हुने अनियमितता रोकिएको छैन । सिपाही–हवल्दारलाई लामो समय विदामा पठाएर रासनभत्तामा हाकिमले लिने गरेको सशस्त्र प्रहरी मुख्यालयको छाबविनमा खुलेको छ ।

रासन हिनामिना गरेको खुलेपछि दुई गुल्मपतिलाई कारबाही भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । मुस्ताङको गुल्ममाा कार्यरत डिएसपी हरिबहादुर गुरुङ र खोटाङको गणमा कार्यरत डिएसपी धनबहादुर बानियाँमाथि कारबाही चलाइएको उनले बताए । दुवैलाई गुल्म गणपतिबाट हटाएर विभागीय कारबाही गरिएको हो ।

रासनभत्तामा अनिमितताको उजुरी बढेपछि प्रहरी प्रधान कार्यालयको विशेष टिम नै बनाएर बाहिनी, गण, गुल्म तथा बोर्डर आउटपोष्ट (बिओपी) का प्रमुखमाथि कारबाही थालेको हो ।,यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.