प्रणामी युवाले नोबेल मेडिकल कलेजमा खुवाए खाजा

२१ पुस ७५, आइतबार

विराटनगर, पुस २१
श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति विराटनगरले ५ सय बढीलाई निशुल्क खाजा उपलब्ध गराएको छ । समितिले विराटनगरस्थित नोबेल मेडिकल कलेजमा आज भोजन शिवीरको आयोजनागर्दै सो अस्पतालमा उपचारकालागि आएका विरामी र तिनका कुरुवालाई निशुल्क खाजा उपलब्ध गराएको हो ।

श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका प्रर्वतक महामति प्राणनाथको चतुर्थ शताब्दी जन्म महोत्सवको अवसरमा यसअघिदेखि नै प्रत्येक साता सञ्चालन गर्दै आएको निशुल्क भोजन शिवीर अन्र्तगत सो ठांउमा कार्यक्रमको आयोजना गरेर अस्पतालमा सेवा लिन आएकालाई खाजा खुवाएको हो ।

Advertisement

महामति प्राणनाथको जन्मोत्सवको अवसरमा विश्वका विभिन्न देशका साथै देशैभरि निशुल्क भोजन शिविरको आयोजना गर्नेगरिएको आयोजक संस्थाका सल्लाहकार राजुप्रसाद भट्टराईले जानकारी दिए । सहयोगी दाताबाट स्वेच्छाले आर्थिक र जिन्सी सहयोग लिएर अस्पताल,मन्दिर र सहयोगको आवश्यकता रहेको संस्थाहरुमा भोजन शिवीर आयोजना गर्ने गरिएको संस्थाका उपाध्यक्ष विकल कोइरालाले बताए ।

श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायका विश्वभरिमा ६ सय २५ वटा मन्दिर र १ सय ४५ वटा सेवा उपलब्ध गराउने सहयोगि संस्थाहरु रहेको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top