विराटनगर, पुस २२
उच्च शिक्षाकालागि अष्ट्रेलिया जान चाहाने इच्छुक विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले आइतबारदेखि विराटनगरमा परामर्श सेवा सञ्चालनमा ल्याइएको छ ।
स्थानीय महेन्द्रचोकमा संचालनमा ल्याइएको नेक्सट टर्म एजुकेशन एण्ड भिसा सर्भिसेसको विराट सेवा आश्रमका संचालक जगतप्रसाद अज्र्यालले उदघाटन गरे । अस्ट्रेलियाको सिडनीमा हेड अफिस रहेको सो परामर्श सेवा केन्द्रले विद्यार्थीलाई अध्ययन सम्बन्धि परामर्श सेवा दिनुका साथै अंग्रेजी भाषाको कक्षा समेत संचालन गर्ने संचालक अनिस रिजालले जानकारी दिए ।
सो कम्पनी अष्ट्रेलिया सहित नेपालमा समेत कम्पनी रजिष्ट्रार कार्यालय र शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था रहेको जनाइएको छ । उक्त परामर्श सेवाले चितवन र पोखरामा यसअघि देखिनै सेंवा संचालनगर्दै आएको छ । हाल देशभरिमा ३२ सय परामर्श सेवा संचालनमा रहेपनि ती मध्ये १२ सय मात्र सम्बन्धित निकायबाट स्विकृति प्राप्त रहेको बताइएको छ ।