अष्ट्रेलिया जानेहरुका लागि विराटनगरमा परामर्श सेवा

२२ पुस ७५, आइतबार
Share this
712shares

विराटनगर, पुस २२
उच्च शिक्षाकालागि अष्ट्रेलिया जान चाहाने इच्छुक विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले आइतबारदेखि विराटनगरमा परामर्श सेवा सञ्चालनमा ल्याइएको छ ।

Advertisement

स्थानीय महेन्द्रचोकमा संचालनमा ल्याइएको नेक्सट टर्म एजुकेशन एण्ड भिसा सर्भिसेसको विराट सेवा आश्रमका संचालक जगतप्रसाद अज्र्यालले उदघाटन गरे । अस्ट्रेलियाको सिडनीमा हेड अफिस रहेको सो परामर्श सेवा केन्द्रले विद्यार्थीलाई अध्ययन सम्बन्धि परामर्श सेवा दिनुका साथै अंग्रेजी भाषाको कक्षा समेत संचालन गर्ने संचालक अनिस रिजालले जानकारी दिए ।

 

Advertisement

 

सो कम्पनी अष्ट्रेलिया सहित नेपालमा समेत कम्पनी रजिष्ट्रार कार्यालय र शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त संस्था रहेको जनाइएको छ । उक्त परामर्श सेवाले चितवन र पोखरामा यसअघि देखिनै सेंवा संचालनगर्दै आएको छ । हाल देशभरिमा ३२ सय परामर्श सेवा संचालनमा रहेपनि ती मध्ये १२ सय मात्र सम्बन्धित निकायबाट स्विकृति प्राप्त रहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top