कोशी नदीमा फागुन दोस्रो साता जेट बोट चल्ने, १८ वटा बोट ल्याइदै

२२ पुस ७५, आइतबार
Share this
703shares

काठमाडौं,पुस २२

Advertisement

कोशी नदीको ५० किलोमिटर दूरीमा फागुन दोस्रो साताबाट जेट बोट र स्पिड बोट सञ्चालन हुने भएको छ । कोशी एड्भेन्चर प्राइभेट लिमिटेड र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवाले नदीमा जल यातायात सुरु गर्न लागेका हुन् ।

कोशी एड्भेन्चरले कोशी नदीमा स्पिडबोट सञ्चालन गर्नेछ । सुनकोशी, सप्तकोशी र अरुण नदीमा वराह क्षेत्रले स्पिडबोट सञ्चालन गर्ने भएको हो । स्पिडबोट सुनसरी, उदयपुर, धनकुटा र भोजपुरमा सञ्चालन हुने एड्भेन्चर प्रमुख डीबी कार्कीले बताए ।

Advertisement

कार्कीका अनुसार प्रालिले १८ वटा बोट निर्माणका लागि भारतीय कम्पनीलाई जिम्मा दिएको छ । कम्पनीले फागुन महिनासम्ममा केही बोट उपलब्ध गराउने कार्कीको भनाई छ । बोट ६ देखि २६ सिट क्षमताको हुनेछ । प्रालिका अनुसार स्पीड बोटबाट २ नगरपालिका र ३ गाँउपालिका समेट्नेछ ।

हाल एड्भेन्चरले नदीमा ४ वटा बोटबाट र्याफ्टिङ सञ्चालन गरिरहेको छ । १२ जना क्षमताको बोटबाट र्याफ्टिङ गर्दा प्रतिव्यक्ति ३ हजार रुपैयाँँ शुल्क लिने गरिएको छ । आयोजना परामर्शको काम प्रकृति कन्सल्ट प्रालिले गरिरहको छ । कन्सल्टका म्यानेजर डा. माधव गिरीले देशका अन्य स्थानमा समेत जेट बोट सञ्चालन गर्न सकिने बताए ।

Advertisement

यसअघि नै कोशी नदीमा बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालिले २५ सिट क्षमताको मिनी पानी जहाजको परीक्षण गरिरहेको छ ।सो कम्पनीले ३ वटा मिनी पानी जहाजबाट बराह क्षेत्रदेखि भोजपुरसम्म जल यात्रा आरम्भ गराउन लागेको हो । २५ सिट क्षमताको जेट बोटले चतरादेखि भोजपुरको सिम्लेसम्म ५० देखि ६० किलोमिटर दूरी पार गर्नेछ ।

नेपालमा यो जेट बोट पहिलो पटक भित्र्याउन लागिएको हो, यसको प्रारम्भिक लागत १० करोड रुपैयाँ रहेको एड्भेन्चरका प्रमुख कार्कीले बताए । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने कम्पनीले विश्वास लिएको छ ।(विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top