बीपीएलको डेब्यूमै सन्दीपको घातक बलिङ

२२ पुस ७५, आइतबार
Share this
735shares

एजेन्सी, पुस २२
बंगलादेश प्रिमियर लिग(बिपिएल) २०१९ को डेब्यु खेलमै नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले डेब्यूमै घातक बलिङ गरेका छन् । सिलहेट सिक्सर्समा अनुबन्ध भएका सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए ।

Advertisement

सन्दीपलाई ८ औं ओभरमा पहिलो ओभर बलिङ गर्दै मात्र ५ रन खर्चिए । उनले १३ औं ओभरको अन्तिम बलमा सोएब मालिकलाई सब्बिर रहमानको हातबाट क्याच गराउँदै पहिलो विकेट लिए । सन्दीपले दोस्रो विकेटका रुपमा अनमुल हकलाई ५ रनमा बोल्ड गरे ।

सन्दीपले ४ ओभरमा १२ बल डट गराए । तर टिम भने ४ विकेटले पराजित भयो । टस हारेर पहिला ब्याटिङ थालेको सिक्सर्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top