हिन्दु राष्ट्रका लागि हिन्दुअधिराज्य स्थापना संघर्ष समिति गठन

२३ पुस ७५, सोमबार
Share this
749shares

विराटनगर, पुस २३
नेपाललाई हिन्दु राष्ट्र कायमगर्ने उद्धेश्यले विभिन्न हिन्दु संघसंस्थाहरुले संगठित भएर आन्दोलन चर्काउने चेतावनी दिएका छन् । त्यसकालागि हिन्दु धर्मसंग सम्बन्धित विभिन्न संघसंस्था आबद्ध रहेको हिन्दुअधिराज्य स्थापना संघर्ष समिति गठन गरिएको छ ।

Advertisement

समितिले सोमबार विराटनगरस्थित पत्रकार महासंघमा पत्रकार सम्मेलनको आयोजनागर्दै संगठन र भावी आन्दोलनको बिषयमा जानकारी गराएको हो ।संघर्ष समितिका संयोजक श्रीराम भण्डारीले नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएको विरोधमा आफुहरुले यसअघिदेखिनै बैचारिक आन्दोलन गर्दै आएपनि अबभने सडकमा आउन बाध्य भएको बताए ।

उनले राजासहितको हिन्दु राष्ट्रको मुद्धासहित आफुहरु सडक आन्दोलनमा आउन लागेको बताए । शिव सेना नेपालका केन्द्रीय सदस्य समेत रहेका संयोजक भण्डारीले पौष २७ गते राष्ट्रिय एकता दिवसको कार्यक्रमकाबीच आन्दोलनका भावी कार्यक्रम घोषणा गरिने जानकारी दिए । पत्रकार सम्मेलनमा समितिको तर्फबाट सचिव पूजा महतले विदेशीको इशारामा नेपालमा धर्म निरपेक्ष लादिएको दाबी गरिन् ।

Advertisement

उनले धर्मनिरपेक्षता शब्दले नेपालीलाई बिदेशीको गुलाम बनाउने सिढिकोरुपमा प्रयोग गरिएको दाबी समेत गरिन् । सोहि सिढिका कारण मुलुकमा प्राकृतिक प्रदुषण,शारिरीक प्रदुषण,मानसिक प्रदुषण,शब्दाङ्कका प्रदुषण साथै भौतिकताको अन्धनुकरणको विकृतिले मुलुक आक्रान्त भएको उनको भनाई थियो ।

Advertisement

विश्व विराटेश्वरी धामका पीठाधिश एवम संघर्ष समितिका सल्लाहकार आनन्द महाराजले सबै धर्म सम्प्रदायका मानिसहरु मिलेर बसेको अवस्थामा आम जनभावना विपरीत धर्म निरपेक्षता लादिएको दाबी गरे । संघर्षसमितिमा शिव सेना नेपाल,राष्ट्रिय बजरंग दल नेपाल,श्री सिताराम संत समाज,विश्व विराटेश्वरी धाम लगयता संस्थाका १०१ जना सदस्य छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top