जेनिथ इन्टरनेशनल कलेजको बार्षिक उत्सव यस्तो रह्यो

२८ पुस ७५, आइतबार

विराटनगर, पुस २८

विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले आफ्नो दोस्रो बार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वार्षिक उत्सवमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका विभिन्न मनोरञ्जनात्कम प्रस्तुति दिएका थिए । कार्यक्रममा कलेजद्धारा आयोजित स्पोर्टस् विक २०७५ का विजेता तथा उपविजेताहरुलाई पुरस्कार वितरण गरिनुका साथै एमबीए र बीबीए उर्तीण विद्यार्थीहरुलाई विदाई गरिएको थियो ।

Advertisement

वार्षिक उत्सवमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. बद्रीनाथ श्रेष्ठले शिक्षा नितीलाई श्रम र उत्पादनशीलतासँग जोड्नुपर्नेमा जोड दिए । २०६७ साल भदौ २३ गते स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजमा बीबीए र एमबीए शैक्षिक कार्यक्रम अध्ययन अध्यापन हुँदै आएको छ ।

Advertisement

कलेजमा सञ्चालन भईरहेको शैक्षिक कार्यक्रमको जानकारी दिँदै कलेजका निर्देशक सि.ए अश्विनी बंशलले कलेजबाट उर्तीण विद्यार्थीहरु विभिन्न बैंक वित्तिय संस्था र औद्योगिक प्रतिष्ठानमा कार्यरत रहेको र ती संस्थाहरु पनि सन्तुष्ट रहेको बताए ।  बीबीए, ईएमबीए र एमबीए शैक्षिक कार्यक्रममा विद्यार्थीहरुको अवस्थाको बारेमा जानकारी गराउँदै क्याम्पस प्रमुख सन्दीपदास श्रेष्ठले विद्यार्थीहरुको रोजगारीका लागि जबप्लेसमेन्ट पार्टनरको रुपमा हाम्रो रोजगारी डटकमसँग सहकार्य गरेको बताए ।

कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका पूर्वाञ्चल विश्वविद्यालयका प्रथम डिन अरुणकुमार दास, मधु लोहिया तथा प्रध्यापकहरु शिरिस रिजाल, सन्देश कोइराला, विजुकुमार थपलिया,सदि हमाल, मोहनबहादुर बस्नेतलाई सम्मानगरिएको थियो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका सहप्रध्यापक डा. सन्देशदास श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथी श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

जेनिथ इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष प्रा. डा दुर्गानन्द चौधरी सभापति रहेको कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न ब्यक्तित्वहरु, भूतपूर्व विद्यार्थी तथा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कलेजमा हाल बीबीए र एमबीएमा गरी ३ सय जना विद्यार्थी अध्ययनरत छन् ।


Advertisement

भर्खरको समाचार

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top