काठमाडौँ, पुस २९
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका टुक्राहरु तस्करी हुने गरेको खुलेको छ ।
बैदेशिक रोजगारीको शिलशिलामा विभिन्न देशहरुवाट फर्किएका कामदारहरुलाई प्रयोग गरी सुनका टुक्राहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले शनिबार एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ ९ पिङ्गलास्थानबाट धनकुटा घर भई हाल काँडाघारी वस्ने २८ वर्षीय समिर श्रेष्ठबाट अबैध सुनको चुरा ५ थान (२५० ग्राम), नेपाली ४१ ह्जार रुपैँया सहित नियन्त्रणमा लिईएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उनलाई आवश्यक कारवाहिको लागि राजस्व विभाग हरिहर भवन पठाईएको छ ।