पत्रकार अधिकारीलाई शिरोमणि सम्मान

२८ पुस ७५, आइतबार

विराटनगर, पुस २९
विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय पत्रकार कुमोद अधिकारी विराटनगरमा सम्मानित भएका छन् ।शिरोमणि लेखनाथ पौड्यालको १३५ औं जन्मजयन्तीका अवसरमा विराटनगर चाँदनीचोकस्थित शिरोमणि पुस्तकालयले अधिकारीलाई सम्मान गरेको हो ।

Advertisement

कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, रमाप्रसाद रिजाल, पुस्तकालयका अध्यक्ष बालकृष्ण निरौलालगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । अधिकारी रेडियो नेपालमा कार्यरत छन् । नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्षसमेत रहेका अधिकारी प्रेस युनियन मोरङका पूर्व अध्यक्ष हुन् ।

Advertisement

पुस्तकालयले यसअघि सो सम्मानबाट विक्रम निरौला, मीनकुमार नवोदित, कुमार लुइँटेल, सुशीला पाठक सम्मानित गरिसकेको छ । समारोहमा कवि मेनुका चापागाईंलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष मीनकुमार आचार्य, पूर्वअध्यक्ष केदार कोइराला, साहित्यकार कविराज न्यौपाने, नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष विक्रम लुइँटेल, साहित्यकार बलराम पोखरेललगायतले नेपाली साहित्यमा पौड्यालले पु¥याएको योगदानको चर्चा गरे ।

कार्यक्रममा एक दर्जनभन्दा बढी कविहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए । पुस्तकालयले लेखनाथ जन्यन्तीको अवसर पारेर हरेक वर्ष स्रष्टा सम्मान र कविगोष्ठी कार्यक्रम गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top