हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

हावाबाट बिजुली बलेपछि फेरियो सप्तमी बजार

फिदिम : लामो समयदेखि अन्धकारमा रहेको पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमी बजारको चमक अहिले बेग्लै छ । हावाबाट बिजुली बाल्न थालेसँगै सप्तमीको शान र शोभा नै बढेको छ । प्रदेश–१ मै पहिलो पटक यहाँ हावाबाट बिजुली बालिएको हो ।

बजार नजिकै स्थापना गरिएको दुईवटा वायु ऊर्जा यन्त्रबाट पुस दोस्रो सातादेखि २० किलोवाटको बिजुली उत्पादन भएपछि बजारको स्वरूप फेरिएको हो । बिजुली बल्न थालेपछि मात्र आफूहरूको बजार बजार जस्तो लाग्न थालेको स्थानीयले बताएका छन् ।

टुकीको टिलपिले उज्यालोमा रात काट्नुपर्ने सप्तमीका एक सय घरमा अहिले उज्यालो छाएसँगै सप्तमी नमुना बजार भएको छ । वायु ऊर्जासँगै ५० किलोवाट क्षमताको सौर्य प्रणालीको विद्युत् पनि सञ्चालनमा ल्याइएको छ ।

यसबाट जम्मा ११० घर लाभान्वित हुने जनाइएको छ । अहिले ७६ घरले विद्युत सेवा लिन थालेका छन् । थप विद्युत वितरणका लागि विद्युतीकरणको काम भइरहेको छ ।, यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.