काठमाडौँ, माघ ५
नेपालको ए डिभिजन लिग च्याम्पियन बन्न सफल मा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबलाई विश्व फुटबल महासंघ –फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले बधाई दिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, मेडिकल टोली र समर्थकहरुलाई बधाई दिएका हुन् ।
उनले सोही पत्रमा समर्थ फुटबल समुदायका तर्फबाट मनाङ र एन्फालाई फुटबलमा सकारात्मक सन्देश प्रवाह गरेकोमा पनि धन्यवाद दिएका छन् ।
पुस २४ गते सम्पन्न ए डिभिजन लिग मनाङले जितेको थियो । ए डिभजिन लिग मनाङले जितेको त्यो आठौं पटक हो, जुन नेपाली फुटलबलमा एउटै क्लबले जितेको सर्वाधिक हो ।