पानीको खाल्डोमा डुबेर नाबालकको मृत्यु

पानीको खाल्डोमा डुबेर नाबालकको मृत्यु

झापा, माघ ५
झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा पानीको खाल्डोमा डुबेर १ जना नाबालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो १२ बजेको समयमा गोपाल ताजपुरियाको १८ महिनाको छोरा टंक प्रसाद ताजपुरिया आफ्नै घरको कल नजिक रहेको खाल्डोमा डुबिरहेको अवस्थामा अभिभावकले फेला पारेका थिए ।

उनलाई तत्काल नजिकै रहेको स्वास्थ्य चौकीमा पुर्याउनासाथ डाक्टरले मृत्यु भईसकोको बताएका थिए । घटनाबारे अनुसन्धानको लागी ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.